काठमाण्डौमा यसरी हुदैछ भूमिगत बिजुली बितरणको तयारी

नेपाल विद्युत् प्राधिकरण काठमाण्डौ उपत्यकामा जथाभावी झुण्डिएका तार र बिजुलीको पोल व्यवस्थीत गर्ने योजना अघि सारेको छ ।
२०७८ भित्र सम्पन्न गर्नेगरि प्राधिकरणले अघि सारेको योजनामा काठमाण्डौ
भक्तपुर र ललितपुरको बिजुलीका तारलाई भूमिगत गराउने योजना छ ।
नेपाल सरकार र एडिबीबीच सन् २०१७ जुनमा साढे ५ अर्ब रुपैयाँ ऋण सम्झौता अनुसार यो कामको थालनी भएको हो ।
पहिलो चरणमा २ बर्षभित्रै सम्पन्न गर्नेगरि केही स्थानको काम अघि बढिसकेको नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
एसियाली विकास बैंकसँगको सहकार्यमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रले ओगटेका क्षेत्रमा र त्यो लगत्तै अन्य ९ वितरण केन्द्र अन्र्तगत भूमिगत विद्युतीय प्रसारण लाइन विस्तार गर्ने तयारी थालिएको हो ।
यसका लागी प्राधिकरणले ग्लोबल टेन्डर आह्वान गरेर प्राविधिक मूल्यांकनका लागि एडिबीलाई पठाइसकिएको छ । आव्हान गरिएका टेण्डरमा नौवटा ठेकेदार कम्पनीले प्राविधिक प्रस्ताव पेस गरेका जसको अहिले एडीबीले मुल्याङकन गरिरहेको छ । जसको नतिजा आएलगत्तै थप प्रक्रिया अघि बढाउने तयारीमा प्राधिकरण छ ।
१ सय केभी र ४ सय भोल्टको प्रसारणलाई अटोमेसन प्रक्रियामा लैजादाँ वितरण सुरक्षित हुनुका साथै शहरको सुन्दरता बृद्धि हुने घिसिङको अपेक्षा छ । जसका लागी युटिलिटी टनेल अन्तर्गत जमिनमुनि विशेष प्रकारको पाइपभित्र बिजुलीको तार राख्ने तयारी छ । यसका साथै अप्टिकल फाइबर बिछ्याउने, विद्युत् वितरण तथ्यांक राख्ने दुईवटा स्मार्ट केन्द्र बनाउने र ग्राहकको घरघरमा पनि स्मार्ट मिटर जडान गर्ने योजना बनाएको छ ।प्राधिकरणले साढे दुई वर्षभित्रै पहिलो चरणमा भूमिगत तार बिछ्याउने लक्ष्य राखेको छ । पहिलो चरणमा रत्नपार्क, असन, इन्द्रचोक, क्षेत्रपाटी, सिंहदरबार, पुतलीसडक, न्युरोड, जमल, दरबारमार्ग, महाराजगन्जलगायत क्षेत्रमा भूमिगत तारमार्फत सर्वसाधारणलाई बिजुली वितरण गरिनेछ। पहिलो चरणका यस क्षेत्रका लगभग एक लाख घरले भूमिगत तारमार्फत वितरित बिजुली उपयोग गर्न सक्नेछन्।