अखिल नेपाल युवक संघले प्रेस वक्तव्य जारि

काठमाडौं जेठ १६ ।अखिल नेपाल युवक संघले प्रेस वक्तव्य जारि गरेको छ। उक्त प्रेस वक्तव्यमा भनिएको छ ,११औं गणतन्त्र दिबसको उपलक्ष्यमा युवाहरु लगाएत सम्पूर्ण गणतन्त्रबादी जनसमुदायमा शुभकामना ब्यक्त गर्दै फोरम लगायत मधेशवादी दलहरुले राष्ट्रघाती मागहरु सहित संविधान संसोधनको लागि लगातार प्रयत्न गरिरहेका भन्दै भारतीय विस्तारवादले योजनाबद्ध प्रकारले नेपाललाई विखण्डन गर्ने र नेपाली भूमिलाई कब्जा गर्ने डिजाइनका साथ लगातार हस्तक्षेपको निति लिइरहेको र संविधान संसोधनको लागि दवाव दिइरहेको जनाइएको छ ।
त्यसकालागि पटक पटक मधेशवादी दलहरुलाई प्रयोग पनि गरेको जगजाहेर हुदाँहुदै ने.क. पा. र फोरम विच संविधान संसोधन गर्ने जुन सहमति भएको छ, यसले राष्ट्रियता माथि थप खतरा पैदा गरेको भनिएको छ । साथै अखिल नेपाल युवक संघले उक्त सहमति तुरुन्त खारेज गर्न माग गरेको छ । भारतीय विदेशमन्त्री शुश्मा स्वराजले एक पुस्तक विमोचनको कार्यक्रममा नेपाल प्रतिको हेपाहा प्रवृति झल्कने गरी अभिव्यक्ति दिएकी भन्दै । उनले भनेकी छन की “नरेन्द्र मोदी यस्ता प्रधानमन्त्री हुन जसले अमेरिकाको मेडिसन देखि जनकपुरको मैदानसम्म लाखौँ लाख भारतीयलाई सम्बोधन गरेर उनीहरुसँग सिधै जोड्ने काम गर्नु भएको छ ।” यसरी नेपाली भुमि जनकपुरमा आएर २ नं. प्रदेशका मुख्यमन्त्री कै उपस्थितिमा नेपालीहरु बिच भएको कार्यक्रममा भारतीय नागरिकलाई सम्बोधन गरेको संज्ञा दिनु घोर आपतीजनक र खेदजन्य भएको जनाएको छ ।
उक्त प्रेस वक्तव्य मार्फत अखिल नेपाल युवक संघले त्यस प्रकारको अभिव्यक्ति तत्काल सच्चाउन चेतावनी दिएका छन्। साथै मोदी नेपाल भ्रमणमा रहेका बेला भारतीय सत्तासिन दल भाजपा.का सांसद किर्ति आजादले भनेका थिए “जनकपुर सुगौली सन्धिका कारण दुई सय बर्षका लागि नेपाललाई दिएको र अब प्रधानमन्त्री नरेन्द्र मोदीले फिर्ता लिएर मिथिला राज्य गठन गर्नु पर्दछ ।” यसरी एकपछि अर्को गर्दै आएका अभिव्यक्तिलाई अखिल नेपाल युवक संघले गम्भिर रुपमा लिएको जनाएको छ । यस्ता बिषयमा सबै देशभक्त नेपालीहरु संवेदनशिल हुन र राष्ट्रिय सार्वभौमिकताको लागि एकताबद्ध रुपमा संघर्ष गर्न अपिल समेत गरेका छन् ।
अर्थमन्त्री द्धारा प्रस्तुत बजेट भाषणमा युवाहरुलाइ रोजगारी दिने ,सर्टिफिकेटको आधारमा क्रृण उपलब्ध गराउने लगाएतका कार्यक्रमहरु स्वागतयोग्य भएको तर बिगतका सरकारले पनि आकर्षक देखिने कार्यक्रम प्रस्तुत गरेको तर कार्यान्वयन नहुने समस्या रहेको भन्दै अहिले पनि त्यस्तै हुने खतरा रहेको जनाइएको छ। संबिधानमा समाजबाद उन्मुख राज्यको निर्माण गर्ने भनिएपनि निती कार्यक्रममा र बजेटमा त्यसप्रकारको ठोस कार्यक्रम ल्याइएको नदेख्दा सरकारले पेश गरेका जनपक्षिय कार्यक्रमलाइ कार्यान्वयनको लागी जोड दिन चाहेको भनिएको छ ।उक्त प्रेस वक्तब्यमा अखिल नेपालयुवक संघका अध्यक्ष अनिल किशोर घिमिरेले हस्ताक्षर गरेका छन् ।