खुसी खुसी को रक्तदान कार्यक्रममा उल्लेखनीय सहभागिता

खुसी खुसी फाउण्डेसन र खुसी खुसी सहकारीको अायोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ९२ जना सहभागिले रक्तदान गरेका छन् । स्थानीय जनविकास विद्यालयमा अायोजित रक्तदान कार्यक्रमलार्इ सुसिल मोटर्स तथा वेस्टर्न युनाइटेड क्लब तथा सुप्रिम मोडल स्कुलले सहयोग गरेका थिए ।

 

चन्द्रागिरि नगरपालिका की उपमेयर लिशा नकर्मीको उपस्थितिमा सम्पन्न कार्य्रकममा विभिन्न व्यक्तिमहरूलाइ सम्मान गरिएको थियो । खुसी खुसी साकोसको स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम अायोजना गरिएको हो ।