गुर्जुधारामा सडक दुर्घटना, पैदल यात्रीकाे मृत्यु

चन्द्रागिरि।

बिहीबार बिहान काठमाडौबाट सुनाैली तर्फ जाँदै गरेकाे लु १ ख ६४६६ नं काे यात्रु बसले चन्द्रागिरि नगरपालिका ५ गुर्जुधारा नेपाल टेलिकम नजिक पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्रीकाे घटनास्थलमै मृत्यु भएकाे छ । प्रहरी वृत थानकोटले दिएकाे जानकारी अनुसार चन्द्रागिरि ५ निवासी ६५ वर्षीया तुलसीमाया श्रेष्ठको मृत्यु भएको हो । पैदलयात्री श्रेष्ठको निधनपछि स्थानीयले उक्त यात्रु बस तोडफोड गरेका छन् । चालकको लापरवाहीले दुर्घटना भएको भन्दै स्थानीयले केही समय सडक खण्ड समेत अवरुद्ध पारेका छन् । ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई छानबिन कार्य अघि बढाएकाे छ।