घट्यो खाना पकाउने ग्यासको मुल्य, अब प्रति सिलिण्डर १३ सय २५ रूपैँया

चन्द्रागिरि ।

नेपाल अायल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ । मंगलबार रातिदेखि लागू हुनेगरि निगमले प्रति सिलिण्डर २५ रुपैयाँले ग्यासको मूल्य घटाएको हो । यसअघि १३ सय ५० रुपैयाँ पर्ने प्रति सिलिण्डर ग्यासको नयाँ मुल्य   १३ सय २५ रूपैयाँ कायम गरिएको छ ।

पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य भने यथावत छ । मूल्य घटाएपनि आयल निगमलाई प्रति सिलिण्डर ग्यासमा ७४ रुपैयाँ ९० पैसा अझै नाफा बस्नेछ ।