चन्द्रागिरिमा बन्ने भयो सुरुङमार्ग

काठमाडौं । बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का सम्झौंता भएको छ । जापान सरकारको ऋण सहायतामा बन्न लागेको सुरुङ माग निर्माणको लागि आज नागढुंगा सुरुङमार्ग निर्माण परियोजना र जापानको ‘हाजमा अन्डो कर्पाेरेशन’बीच ठेक्का सम्झौंता भएको हो ।

४२ महिना भित्र निर्माण सम्पन्न हुने गरीसुरुङ मार्गको ठेक्का सम्झौंता गरिएको छ ।सुरुङ मार्गको लम्बाई २ दशमलव ६७ किलोमिटर छ भने सम्झौंतामो सुरुङ मार्ग निर्माणका लागि १३ अर्व ५० करोड लाग्ने उल्लेख गरिएको छ । जापान सरकारले ४० वर्ष भित्र तीर्ने गरी सुरुङ मार्गका लागि ० दशमलव ०१ प्रतिशत ब्याजदरमा ऋण सहायता उपलब्ध गराएको छ ।