चन्द्रागिरि नगरपालिकामा लकडाउन उल्लंघन गरेमा तत्काल रू १०० देखि रू १००० सम्म जरिवाना

नोवेल कोरोना भाईरसबाट विश्वमा हाल १३ लाख ५३ हजार भन्दा बढी मानिसहरू संक्रमित भैसकेका छन् जसमध्य ७९ हजार भन्दा बढी मानिसहरूले ज्यान गुमाईसकेका छन् । यसको संक्रमण हुने जोखिम न्युनिकरणको लागि घरभित्रै बस्नुको विकल्प छैन ।

चन्द्रागिरि नगरपालिकामा केही व्यक्तिहरू अझैपनि अनावश्यक रूपमा हिडडुल गर्ने, भित्रि एरियाहरूमा लुकिछिपि मदिरा तथा चिया पसलहरू खोल्ने गरेको पाईएकोले त्यसको नियन्त्रण गरी लकडाउनको पुर्ण पालना गरी समस्त नगरवासीलाई संक्रमणबाट सुरक्षित बनाउन चन्द्रागिरि नगरपालिका क्षेत्रमा लकडाउन उल्लंघन गरेमा तत्काल रू १०० देखि रू १००० सम्म जरिवाना समेत गरिने प्रावधान सहित नगरपालिकाले थप प्रभावकारी बनाउन सम्पूर्ण नगरवासीलाई महानगरीय प्रहरी बृत्त थानकोटले अनुरोध गरेको छ ।

लकडाउनको पुर्ण पालना गरौं! घरमै बसौं, कोरोना भाईरसको संक्रमणबाट बचौं, बचाऔं !!