Home नगरपालिका चन्द्रागिरि वडा न ८ मा निशुल्क मास्क वितरण गर्दै

चन्द्रागिरि वडा न ८ मा निशुल्क मास्क वितरण गर्दै

0
चन्द्रागिरि वडा न ८ मा निशुल्क मास्क वितरण गर्दै

कोरना भाइरसबाट सचेत रहन सर्वसाधारणलाई मास्क वितरण गरिएको छ । विश्वभर फैलिएको कोरना भाइरसबारे सजग रहन सचेत गराउँदै चन्द्रागिरि वडा न ८ ले निःशुल्क मास्क वितरण गरेको हो ।

चन्द्रागिरि वडा न ८ कार्यलयमा मास्क वितरण गर्दै च.न.पा वडा न ८ का वडा अध्यक्ष सन्तोष खड्काले भाइरस सङ्क्रमणबाट सजग रहन नियमित मास्क प्रयोग गर्ने, भीडभाडमा नजान, सरसफाइमा ध्यान दिन आग्रह गर्नुभयो ।

कोरना भाइरसबारे सचेतना जगाउँदै पहिलो दिन आज दुइ सय मास्क वितरण गरिएको र यसलाई निरन्तरता दिने बताउनुभयो । साथै सोही अवसरमा सर्वसाधारण नागरिकलाई कोरना भाइरस सङ्क्रमणबारे प्रशिक्षण दिइएको छ ।

नेपालमा हाल कसैमा पनि भाइरस नदेखिएको भएपनि यसको त्रासले बजारमा मास्कको चर्को अभाव हुन थालेपछि वडा न ८ कार्यलय ले उत्पादनको पहल थालेको हो । 

जसअनुसार वडा न ८ कार्यलयका अन्तर्गतको नेसनल इम्प्लाइमेन्ट ट्रेनिङ सेन्टर प्रा.लि ले महिलाहरुलाई मास्क बनाउने तालिम दिएर उत्पादनमा लगाएको हो । सो तालिमबाट सिकेर एक हप्ता मास्क उत्पादन गरेर वडा बासिन्दालाइ निशुल्क मास्क वितरण गर्ने वडा अध्यक्ष सन्तोष खड्काले बताउनुभयो ।