चन्द्रागिरि स्पोर्ट्स क्लब द्वारा महिला तथा पुरुषहरुको फुटबल प्रशिक्षणको औपचारिक उदघाटन

चन्द्रागिरि स्पोर्ट्स क्लब, नैकाप द्वारा नैकाप फुटबल मैदानमा महिला तथा पुरुषहरुको फुटबल प्रशिक्षणको औपचारिक उदघाटन गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिवको प्रमुख आतित्थ्यमा सम्पन्न उदघाटन समारोहमा बिशेष अतिथिमा चन्द्रागिरी नगर प्रमुख,खेलकुद मन्त्रालय उपसचिव,चन्द्रागिरी-१३ र चन्द्रागिरी-१४ का वडा प्रमुख र अन्य बिशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो ।
प्रशिक्षणलाइ महिला र पुरुष गरि दुइ अलग अलग विधामा संचालन गरिने र अन्डर १६ का बालबालिकाहरुलाई बिशेष प्राथमिकतामा राखिने क्लबका सचिब मिलन के सी ले बताउनु भयो । क्लबका अनुसार यसै प्रशिक्षण मार्फत चन्द्रागिरी नगरको प्रतिनिधित्व गर्ने टोली बनाइ आगामी केहि बर्ष भित्रै चन्द्रागिरी स्पोर्ट्स क्लब राष्ट्रिय स्तरको सी डिभिजन टोली बन्ने लक्ष्यलाइ पहिलो प्राथमिकतामा राखी क्लब अघि बढ्नेछ ।
पुरुष प्रशिक्षण पूर्व रास्ट्रीय खेलाडी रमेश बुढाथोकिको मातहतमा संचालन हुनेछ भने महिला प्रशिक्षण दिपक वाइवा र हिराकाजी महर्जनको मातहतमा संचालन गरिनेछ । साथै क्लब द्वारा हरेक बर्ष संचालन गरिदै आएको प्रशिद्द नैकाप गोल्ड कपको आगामी संस्करण यो बर्ष नहुने र आगामी दशैंमा गरिने जानकारी क्लबले गरेको छ ।