चाडपर्बको आबगमन सँगै बजार अनुगमन तिब्र

 चाडपर्बको मौकामा हुन सक्ने कालाबजारी र महंगि नियन्त्रणका लागि चन्द्रागिरी नगरपालिकाले आफ्नो नगरपालिका भित्र अनुगमनलाई तिब्रता दिएको छ | बिहीवार देखी जारी अनुगमनमा नगर भित्रका झन्डै तीन दर्जन ब्यबसायिक फर्ममा नगरपालिकाको टोलीले अनुगमन गरेको थियो | अनुगमनको क्रममा नगरपालिका भित्र संचालित हेरा मिट सप्लायर्स र देव सप्लायर्स बधशालाबाट रगत मिसिएको पानी सिधै खोलामा हालिएको पाइएको थियो भने अधिकास मासु पसल नगरमा दर्ता नगरी संचालित भएको फेला परेको थियो |

कैफियत देखिएका ब्यबसायिक फर्महरुलाई एक हप्ताको समयसिमा दीइ आफ्नो कमी कमजोरी सच्याउने मौका दिइएको छ | बधशालाको पानी सिधै खोलामा मिसाउने दुई बधशालालाई भने तुरुन्त बैकल्पिक ब्यबस्था गर्न अनुगमन टोलिले बधशाला संचालकलाई पत्र काटेको छ | अनुगमनको क्रममा अधिकास दैनिक उपभोग्य बस्तु बिक्री गर्ने पसलमा मुल्य सुची नराखिएको,वडामा दर्ता नभएको र केही उपभोग्य बस्तुमा बिक्री सुचना जरी नगरिएको भेटिएको थियो | म्याद नागेका कतिपय उपभोग्य बस्तुहरु अनुगमन टोलिले हटाउने काम समेत गरेको थियो | चन्द्रागिरी नगरपालिकाका उपप्रमुख लिसा नकर्मीको नेत्रित्वमा अनुगमन अझै केही दिन जारी रहने छ |