चार नेपाली महिला पत्रकारले चुमे सगरमाथा

राेसन दानी काठमाण्डाै । ९ जेठ प्रथम महिला पत्रकार सगरमाथा आरोहण टोली २०१८’का चार जना नेपाली महिला पत्रकारहरुले सगरमाथाको सफल आरोहण गरेका छन् । नेपाल टेलिभिजनकी रोजिता बुद्धाचार्य, राससकी रोशा बस्नेत, मेघा टेलिभिजनकी कल्पना महर्जन र स्वतन्त्र पत्रकार देउराली चाम्लिङले बुधबार बिहान सगरमाथाको सफल आरोहण गरेका हुन् । १३ चोटि सम्म सगरमाथा आरोहण गर्न सफल फूर्वा शेर्पा को नेतृत्वमा गएको आरोहण दलका सञ्चारकर्मीहरू सगरमाथाकाे शिखरमा पुगेका हुन । महिला पत्रकारहरुको समूहमा पाँच सदस्य थिए । तर, न्यूज २४ टेलिभिजनकी प्रियालक्ष्मी कार्की भने अस्वस्थ भएपछि तेस्रो आधार शिविरबाटै फर्किएकी छन । उनीहरु बुधबार बिहान ६ बजे सगरमाथाको चुचुरोमा पुगेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । समानताका लागि बुलन्द आवाज’ भन्ने मूलनारासहित ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण-२०१८’ समूह सगरमाथा चढ्न गएको थियो । मेगा टेलिभिजनकी सञ्चारकर्मी कल्पना महर्जनले मेगा टेलिभिजनकाे लागाे र व्यानर सहित राष्ट्रिय झण्डा फहराएकि थिईन । आरोही महिला पत्रकारहरुले नेपाल पत्रकार महासंघको झण्डा पनि चुचुरोमा फहराएका छन् ।