‘चियासँग भावनाहरु’ कार्यक्रम सुरू

चंद्रगीरी,
लिओ क्लब अफ काठमाडौं लालीगुराँसले बहुप्रतिक्षित युवा प्रेरणामुखीकार्यक्रम चियासंग भावनाहरुकोशनिबार चन्द्रागिरी नगरपालिकाकामेअर श्री घनश्यामगिरि ज्युकोप्रमुख आतिथ्यमा समुद्घाटन गरेको छ | हरेक दुइ महिनामा समाजका सर्जकलाई यसकार्यक्रममाKEY NOTE SPEAKER को रुपमा सहभागी गराई युवा अभिप्रेरित गर्ने उदेश्यका साथयो कार्यक्रमको थालनी गरिएको क्लबकाअदक्ष्य लिओशैलेन्द्र थापामगरज्युले जानकारी गराउनुभयो | यसकार्यक्रमका प्रमुख अथिति मेअर श्री घनश्याम ज्यु हुनुहुन्थ्यो भने बिशेष अतिथिमावडा १२ र १३ का वडाअदक्ष्यहज्युहरुश्रीरामहरि बस्नेत र मुकुन्द बिडारी ज्युको उपस्थिति रह्यो भनेलायन्स अतिथिरलिओ अतिथिहरुको समेत सहभागिता रहेको थियो |

पानसमा बत्ति बालेर तथा गमलामा पानी हालेर सम्पूर्ण अतिथि वर्गहरुको सहयोगमा प्रमुख अतिथि श्री घनश्याम ज्युले कार्यक्रमको ओपचारिक सुरवात गर्दै गर्दा कार्यक्रम संयोजक लिओ अर्पणा के.सीलेकार्यक्रमको महत्वोको बारेमा प्रकाश पार्दै आफ्नो स्वागत मन्तब्य दिनुभयो | ”चियासंग भावनाहरु” नामले नै सम्पूर्ण अतिथि वर्गलाई यस कार्यक्रममा  सहभागी हुन प्रेरित गरेको जानकारी गराउनुभयो | सामाजिक हेरोहरु जसले आफ्नो जीवनै समाज र रास्ट्रको रुपान्तरणमा समर्पित गर्नुभयो, उहाहरुले भोगेका वास्तविक संघर्ष र प्राप्त गरेका सफलताले नै आज समाज यो चरणमा फड्को मारेको होअत:यस्ता हेरोहरुको अनुभव चियाको चुस्कीको साथ युवाहरुमा साट्न र प्रेरणा प्रधान गर्न यो जत्तिको सफल र सहभागीमुलक कार्यक्रम कमे हुने लायन हरि डंगोल ज्युले बताउनु भयो | मेअरश्री घनश्याम ज्युले आफ्नो जीवनको उतार चडाव, शैक्षिकक्षेत्रमा भोगेका अनुभव अनि बिकाश निर्माणमा गर्नुपरेका संघर्ष अनिप्राप्त गरेका सन्तुष्टिदेखि लिएर ब्येक्तिगत जीवनमा घटेका रमाइला अनि घतलाग्दा पलहरुको पनि खुलेर अनुभव साट्नु भयो | उहाको जीवन जोकसैको लागि पनि प्रेरणाको श्रोतबन्नसक्छ  भन्दा फरक नपर्ला | उहाको व्यक्त गर्ने शैली अनि शब्दावाली तेहीमाथि जीवनका तरेली सबै मंत्रमुक्त थिए सहभागी युबाहरु|

कार्यक्रमबिहान ८ बजे देखि ११ बजे सम्म  बार्दली रेस्टुरेन्टमाचलेको थियो |यो कार्यक्रम सफल बनाउन बार्दली रेस्टुरेन्टका ओनर  अनि समाजसेबी श्री अमिर खड्का ज्युको विशेष सहयोग रह्यो भने यस कार्यक्रमलाईchandragiri online news लेलाइभटेलिकास्ट गरेको थियो |  साथै उक्त कार्यक्रममा बाढी   पिडित हरुको सहयोगार्थ रकम पनि संकलन गरिएको थियो |