चियासंग भावनाहरु भाग – १ चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीसँग प्रत्यक्ष साक्षात्कार

सामाजिक अभियन्ता एवं समाजको नेतृत्व लिन सफल आफैँमा संघर्षका परिचायक प्रतिभाशाली धरोहर यस चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीको जीवनी आफैँमा प्रेरणाको श्रोत हो भन्दा फरक नपर्ला । यस पश्चिम भेगको विकासमा निरन्तर सेवारत अनि यस चन्द्रागिरिलाई आफ्नो परिवार ठान्ने गिरी परिवर्तनको लागि सपना देख्नुपर्छ  र योजना बुन्नुपर्छ भन्नुहुन्छ । उहाँको सरलपनबोलीमा मिठास अनि काममा लगनशीलता पक्कै पनि जो कोहीको लागि पनि प्रेरणा बन्न सक्दछ । यस चन्द्रागिरि नगरमा शिक्षास्वास्थ्यसडकपानीरोजगारी सृजना जस्ता समाज विकासका सुचकमा उहाँको योगदान अतुलनीय रहेको बताउनुहुन्छ यहाँका नागरिकहरु । यिनै अग्रज समाजसेवी व्यक्तित्व जसको जीवन सफलताको उचाई तर्फ अग्रसर भैरहँदा संघर्ष भने कम थिएन । यस्तै जीवनका उकाली र ओरालीलाई चियाको चुस्किका साथमा उहाँकै मुखबाट साट्ने जमर्को सहित काठमाडौँको चर्चित सामाजिक संस्था लिओ क्लब अफ काठमाडौँ लालीगुराँस द्वारा आयोजना हुन लागेको  “चियासंग भावनाहरु“ कार्यक्रम भाग- १ मा उहाँले “key note speaker“ को रुपमा आफ्ना अनुभवहरु सुनाउनुहुनेछ । उहाँको रोचक अनि उत्प्रेरक अनुभवबाट केहि सिक्न भाद्र ३ गते शनिबार नैकाप खड्गागाउँस्थित बार्दली रेस्टुरेन्टमा बिहान ७ बजे देखि ९ बजे जो कोहि पनि उपस्थित हुन सक्ने आयोजक संस्थाका कार्यक्रम संयोजक लिओ अर्पना के.सी ले  बताएकी छन् । साथै यस कार्यक्रममा आफ्ना जिज्ञासुहरूले प्रश्नहरु पनि राख्न पाउनेछन् ।