थानकोटस्तिथ त्रिभुवन पार्क परिसर भित्र अस्थायी सिविर निर्माण

काठमाडौं । पछिल्लो समय उपत्यकामा बस्दै आएका सर्वसाधारणहरु पैदल यात्रा गरी आफ्नो गृह जिल्ला फर्कने क्रम बढ्दो छ । दोस्रो पटक थप गरिएको लकडाउनपछि झन् उपत्यका छाड्नेको संख्यामा वृद्धि नै भएको छ । सो क्रम आज लकडाउनको २५ औं दिनसम्म पनि जारी छ । यस्तो अवस्थामा त्रिभुवन राजमार्ग हुँदै गृह जिल्ला फर्किरहेका पैदल यात्रीहरुलागि संघीय सांसद अञ्जना विसंख्यको पहलकदमी र प्रदेश सांसद रमा आलेमगरको सहभागितामा थानकोटस्थित त्रिभुवन पार्कलाई अस्थायी बसोबास केन्द्रको रुपमा अघि बढाएका हुन्। साथै यात्रीहरुलागि आवश्यक खाजा ,पानी सहयोग गरिएको छ ।