थानकोट चित्लाङ्ग सडक आयोजना ढुङ्गा गिटी लिलाम बिक्री रोक्का

चन्द्रागिरि, थानकोट चित्लाङ्ग सडक आयोजना अन्तर्गत सडक विस्तारको क्रममा निक्लेका ढुङ्गा गिटी लिलाम बिक्री रोक्का  सम्बन्धि छलफल सम्पन्न भएको छ।

उक्त छलफलमा ३ नं प्रदेश सरकारका उद्योग,वन, पर्यटन र वातावरण मन्त्री माननीय अरूण प्रसाद नेपालको आव्हानमा प्रदेशको अस्थायी  राजधानी हेटौंडामा ,प्रतिनिधि सभाका माननीय सांसद बिरोध खतिवडा ,प्रदेश सभा सदस्य माननीय रमा आलेमगर समेत जिसस काठमाडौंका प्रमुख शिव सुन्दर राज वैद्य , चन्द्रागिरी नपाका नगर प्रमुख घनश्याम गिरी ,उपप्रमुख लिशा नकर्मी ,थाहा नपा प्रमुख लवशेर विष्ट ,प्रवक्ता हरिभक्त महर्जन  ,संयोजक/वडा अध्यक्ष कृष्ण प्रसाद खड्गी , वडा अध्यक्षहरु राजेन्द्र के.सी.,गोपी सुर्खेती ,सञ्जय सिग्देल ,शम्भु के.सी.  र प्रमुख प्रशासकिय अधिकृत सीता परियार , सडक आयोजनाका प्रमुख,जिल्ला वन अधिकृत लगायतका अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

 छलफलले  ढुङ्गा गिटी ठेकेदारसँग जिल्ला वनले लिलाम बिक्रीका शिलशिलामा गरेको सम्झौताको बुँदा नं १ बमोजिम सोही सडकको स्तरोन्नतिको क्रममा परल मुल्यमा प्रयोग गर्ने गरि विवाद टुङ्ग्याउन सम्बृद्ध पक्षलाई निर्देशनदिएको छ। 

सो सडक आयोजना क्षेत्र भित्र रहेका स्थानीयहरुले सडक निर्माणको समयमा निस्केका ढुंगा सोही सडक निर्माणमा लाउनु पर्ने माग गर्दै आएका थिए ।त्यहा निस्केका   ढुंगा सस्तो दरमा   बेचेर पछी महंगोमा   किन्नु नहुने   माग राख्दै आएका स्थानीय हरुको माग यो   छलफल पश्चात पुरा भएको छ 

फोटो सौजन्य :राजेन्द्र केसी,