नक्सा पारित भएको खुशीयालीमा सवै दलकाे उपस्थितिमा चन्द्रागिरि नगरपालिकामा दिप प्रज्वलन

३१ जेठ काठमाडौ ।

नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन भएकाे खुशीयालीमा चन्द्रागिरि नगरपालिका १ दहचाेकमा नयाँ नक्सा सहित दिप प्रजाेलन गरिएकाे छ । नेकपा,प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस,राष्ट्रिय जनमाेर्चा,राप्रपा सहित सवै राजनीतिक दलकाे उपस्थितिमा दहचाेककाे खहरेमा नयाँ नक्सा सहित मैनवत्ती बालेर दिप प्रज्वलन गरिएकाे हाे ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजेन्द्र केसीले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा संसदबाट पारित हुनु ऐतिहासिक र महत्वपूर्ण रहेको बताए ।

‘लिम्पियाधुरा, लिपुलेक र कालापानीको भू-भाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची—३ मा संशोधन गर्न संघीय संसदमा प्रस्तुत संविधान संशोधनको प्रस्ताव आज संसदबाट वृहत्तर सहमतिका साथ पारित हुनु ऐतिहासिक रुपले अत्यन्तै महत्वपूर्ण दिनका रूपमा रहेकाे चन्द्रागिरिका सवै दलका प्रतिनिधिहरू बताएका हुन् ।
नेपाली काँग्रेस दहचाेकका युवा नेता जीवन गिरीले राष्ट्रिय सहमति सहित अाम नेपालीका लागि खुशीका दिनका साथै उपलब्धि मुलक दिनका रूपमा ग्रहण गरेकाे उनको भनाई थियाे ।

कार्यक्रममा नेकपा प्रदेश सदस्य हरिशरण थापा,जिल्ला सदस्य अन्नत राज सिग्देल,युवा नेता सत्यराम गिरी,राष्ट्रिय जनमाेर्चाका युवा नेता राेसन दानी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

सरकारले जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो भने ७ गते सार्वजनिक गरेको थियो । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ९ गते नै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।