नागढुंगामा सुरुङ निर्माणका लागि ग्लोबल टेण्डर

सिस्नेखोलादेखि सतुंगल जोड्ने सुरुङमार्ग निर्माणका लागि सडक विभागले ग्लोबल टेण्डर निकालेको छ ।

दातृ निकाय जाइकाको स्वीकृपिछि विभागले २ महिना समय दिएर गत शुक्रबार सूचना निकालेको हो । विभागले यसका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन (डीपीआर ) तयार गरिसकेको छ ।

उक्त सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भएको र जापानले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख  भएको छ ।

सुरुङमा भेन्टिलेटर र जेट फ्यान जडान गरिनेछ भने आकस्मिक समयमा उद्धारका लागि अर्को एक लेनको सहायक सुरुङ पनि बनाइनेछ । साभार: अनलाइनखबर