नागढुंगा–नौबिसे सुरुङ निर्माणका लागि ३ महिना भित्र ठेकेदार छनोट हुने !

कठमाडौँ । नागढुंगा–नौबिसे सुरुङ निर्माणका लागि तीन महिना भित्र ठेक्केदार छनोट हुने भएको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएसँगै ठेकेदार छनोट प्रकृया अघि बढ्ने भएको हो ।

सुरुङमार्ग निर्माणका लागि सरकारले साढे ३ महिनाभित्रै टेन्डर गर्ने तयारी गरेको छ । सुरुङ निर्माणका लागि आयोजनाले जग्गा प्र्राप्तिको काम समेत अघि बढाएको छ ।

सञ्जयकुमार श्रेष्ठ, आयोजना प्रमुख, नागढुंगा–नौबिसे सुरुङ निर्माण आयोजना सुरुङ निर्माणका लागि नेपाल र जापान सरकारबीच ऋण सम्झौता भइसकेको छ ।

सम्झौता अनुरुप जापान सरकारले साढे १५ अर्ब रुपैयाँ ऋण दिनेछ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष रहेको छ । न्युज २४ टिभि