नागढुङ्गाले १४ मुलुकका मुद्रासहित एकजना पक्राउ ।

काठमाडौं ।वैशाख ३१ महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले विभिन्न देशकाे मुद्रासहित एक जनालाई प्रक्राउ गरेकाे छ । अमेरिकासहित १४ मुलुकका १५ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित एकजना पक्राउ परेका हुन । महानगरिय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले झापा अर्जुनधाराका दिनेश गिरीलाई पक्राउ गरिएकाे महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरिक्षक केशवराज भट्टले वताए । गिरी झापाबाट काठमाडौं आइरहेको ना ५ ख ७९३७ नम्बरको बसमा सवार थिए । उनको साथबाट अमेरिकन डलर, कतार, जापनीज यान, कोरियन, साउदी, मलेसिया, थाइल्याण्ड लगायतका १४ देशका मुद्रा बरामद भएको प्रहरी निरिक्षक भट्ट ले जानकारी दिए । पक्राउ परेका गिरीमाथी अनुसन्धान कार्य जारी छ ।उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाईएकाे छ ।