नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टि संख्या १७ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाको कचनकवल गाउँपालिका ३, ६, ८ निवासी १५ जना पुरुषहरुमा कोरोना भाइरस संक्रमण पाइएको छ ।
उनीहरु १८ देखि ४६ वर्ष उमेरका छन् । त्यस्तै धनकुटा निवासी ३४ वर्षिय पुरुष तथा सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षिया महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमित मध्ये २ जनाको मृत्यु भएको छ भने ४५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।