नेपाल जेसिज अन्तर्गत एरिया “सि” काे अध्यक्ष भेला सम्पन्न।

काठमाडौ /
नेपाल जेसिज अन्तर्गत एरिया “सि” काे अध्यक्ष भेला सम्पन्न भएकाे छ । राजधानीकाे चन्द्रागिरि २ वाडभञ्ज्याङ्ग पातले वन रिसोर्टमा स्थिति थानकाेट जेसिजकाे अाथित्यतामा एक दिन अध्यक्ष भेला सम्पन्न भएकाे हाे । चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीले कार्यक्रम उद्घाटन गरेका हुन । कार्यक्रममा वाेल्दै मेयर गिरीले समाजिक विकासमा जेसिजले पुर्‍याएकाे याेगदान अतुलनीय रहेकाे वताए । उनले जेसिज अभियानलाई सार्थकता दिलाउन समाजमा हुने सामाजिक गतिविधिलाई चलायमान वनाउदै लानु पर्ने चर्चा गरे । थानकोट जेसिजका निरूपित उपाध्यक्ष रविन पाेखरेलले जेसिज अभियानलाई गाउँ गाउँ वस्ती वस्तीमा लैजानु पर्ने धारणा राखे उनलेे सकारात्मक साेच र व्यत्तिकाे नेतृत्व र व्यत्तित्व विकासले मात्र देशकाे विकास सम्भव हुने वताए । कार्यक्रममा नेपाल जेसिजका निरूपित कार्यकारी उपाध्यक्ष पदम विंक्रम सिंहले सामाजिक रूपान्तरणमा जेसिजले सदैब मन वचन कर्मले लागिरहेने वताए । नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष टेक राज रेग्मीले वर्तमान जेसिजकाे कार्य शैलीमा सुधार हुँदै गईरहेकाे र अझै परिस्कृत तवरले कार्यक्रमहरू सञ्चालन विधिमा एकरूपता ल्याउने कार्य भईरहेकाे जानकारी दिए । कार्यक्रममा वाेल्दै थानकोट जेसिज २०१८ का अध्यक्ष माेहन डाँगीले नेपाल जेसिजकाे अध्यक्ष भेलाकाे अातिथ्यता गर्न पाउनु अाफुहरूलाई गर्वकाे महशुस भएकाे वताए उनलेे अाफ्नाे कार्यकालमा जेसिज अभियानलाई सार्थकता दिलाउन दिगाे ज्यानले लागि पर्ने वताए । कार्यक्रममा थानकोट जेसिजका सस्थापक अध्यक्ष नन्ददास अमात्यलाई विषेश समान द्वारा सम्मानित गरिएकाे थियाे । कार्यक्रम नेपाल जेसिज अन्तर्गत एरिया ”सि”का ३८ अाेटा साखाका अध्यक्षहरूकाे सहभागिता रहेकाे थियाे ।