नेवा: पुच: युएईद्वारा आयोजित सम्मान कार्यक्रम

आज मिति २०१७ अक्टोबर ६ तारिखका दिन नेवा: पुच: युएईद्वारा आयोजित सम्मान कार्यक्रम युएई शारजाह स्थित सेन्ट्रो रोटाना होटेलमा आयोजना गरियो। यस सम्मान कार्यक्रम मा भर्खरै निर्वाचित एन आर एन अध्यक्ष श्री रमेश श्रेष्ठ, नेपाली समाज युएई उपाध्यक्ष श्री प्रविन काजी श्रेष्ठ, एन आर एन शारजाह क्षेत्रीय अध्यक्ष श्री बिरेन्द्र कुमार नकर्मी र सामाजिक, मानवीय तथा खेलकुदको माध्यम बाट समाजलाई प्रत्यक्ष अप्रत्यक्ष योगदान दिनुहुने महानुभावहरुलाई सम्मान गरियो। सम्मानित हुनुहुने महानुभावहरु निम्न अनुसार हुनुहुन्छ: १. श्री रमेश श्रेष्ठ – एन आर एन अध्यक्ष २०१७-२०१९ २. श्री प्रविन काजी श्रेष्ठ – नेपाली समाज उपाध्यक्ष २०१७-२०१९/जुडो प्रशिक्षक ३. श्री रवी शाही – एशियाली गोजु र्‍यु करांते महासंघ रेफ्री काउन्सिल सचिब ४. श्री बिरेन्द्र कुमार नकर्मी – एन आर एन क्षेत्रीय अध्यक्ष शारजाह २०१७-२०१९ ५. श्री प्रेम श्रेष्ठ – करांते प्रशिक्षक/ खेलाडी ६. डा. श्री सुरेन्द्र प्रसाद श्रेष्ठ – नेवा: पुच: संस्थापक सदस्य/ वरिष्ठ सल्लाहकार ७. श्री प्रज्वल श्रेष्ठ – नेवा: पुच: संस्थापक सदस्य/ समाजसेवी ८. श्री प्रमोद श्रेष्ठ – नेवा: पुच: संस्थापक सदस्य/ समाजसेवी ९. श्री भुवन नकर्मी – नेवा: पुच: संस्थापक सदस्य/ समाजसेवी १०. श्री भीम नारायण श्रेष्ठ – नेवा: पुच: संस्थापक सदस्य/ समाजसेवी ११. श्रीमती यशोदा श्रेष्ठ – भरतपुर नेवा: समाज केन्द्रिय सदस्य/ दे दबु केन्द्रिय सदस्य १२. श्री सुशान्त श्रेष्ठ – मिष्टर एन्ड मिस कलेज चितवन २०१७ वेष्ट पर्सनालिटी/ फिगर अवार्ड विजेता १३. श्री हिरा लाल श्रेष्ठ – देवराज बचाउ अभियान संयोजक/ भलिबल खेलाडी १४. सुश्री किन्जल श्रेष्ठ – स्वर्णपदक बिजेता जुनियर करांते खेलाडी साथै उक्त कार्यक्रम नेवारी परम्परा अनुसार थकाली ज्येष्ठ ब्यक्ति लाई प्रमुख आसन ग्रहण गराएर कार्यक्रम संचालन भएको थियोे र बिशेष अतिथिहरुमा नेपाली समाज अध्यक्ष श्री चन्द्र प्रकाश सापकोटा, आदिवासी जनजाति महासंघ अध्यक्ष श्री पासाङ्ग रिन्जी शेर्पा, एन आर एन अध्यक्ष श्री रमेश श्रेष्ठज्यु लगायत अन्य संघ संस्था प्रमुख तथा प्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो। महिला सदस्य नबिना शाक्यज्युबाट कार्यक्रम सफलताको कामना गर्दै शुभकामना मन्तब्य प्रदान गर्नु भएको थियो ! मन्तब्यको क्रममा सम्पुर्ण प्रमुख बक्ताहरुले नेवार समुदायले आफ्नोे नया पुस्तालाई भाषा संस्कृति जोगाउंदै नया पिंढिले गरेको उपलब्ध सफलता लाई सम्मानित गरेको मा प्रशंसा गर्नु भएको थियो ! उक्त कार्यक्रम संचालन महासचिब कुमार बलामीज्युले गर्नु भएको थियो।