नैकापको बिद्या मन्दिर मतदान केन्द्र नजिकै बम बिस्पोट

दोस्रो चरण निर्वाचन अन्तगरगत मतदात सुरु हुने वितिक्कै काठमाडौंको एक मतदान केन्द्रमा बम विस्फोट भएको छ ।नैकापको बिद्या मन्दिर मतदान केन्द नजिकै रहेको बाँसको झ्याङ्गमा बम पड्किएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार ७:१५ मा बम विस्फोट भएको थियो । बम बिस्फोटबाट कुनै पनि मानवीय क्षति भने नभएको बताइएको छ ।यस विषयमा थप अनुसन्धान भइरहेको बम पड्किएको स्थान वरिपरी सर्च अप्रेसन गरिरहेको प्रहरीले जनाएको छ । बम पड्किएस्थानिहरु त्रशित भएका छन् भने प्रहरी प्रसासनले सर्वसाधारणलाई ढुक्कसंग मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।