“पुरानो नेपालः लघु फोटो प्रदर्शनी चन्द्रागिरि नगरमा भएको उदाहरणीय काम..”- उपप्रमुख नकर्मी (भिडियो सहित)

चन्द्रागिरि नगरपालिकाकी उपप्रमुख लिशा नकर्मीले पुरानो नेपालका तस्वीरहरू चन्द्रागिरि नगरपालिकाका सबै विद्यालयहरूमा देखाउनु पर्ने धारणा व्यक्त गर्नुभएको छ । सोमबार बलम्बु माध्यमिक विद्यालयमा अायोजित पुरानो नेपालः लघु फोटो प्रदर्शनी हेरेपछि उपप्रमुख नकर्मीले पुरानो नेपालः लघु फोटो प्रदर्शनीलार्इ चन्द्रागिरि नगरमा एउटा उदाहरणीय काम भएको बताउनुभयो ।

फोटो म्यूजियम नेपालको संयोजनमा चन्द्रागिरि नगरका माध्यमिक तहका सरकारी विद्यालयहरूका विद्यार्थीहरूका लागि लक्षित गरि अायोजना गरेको प्रदर्शनीमा नेपालका १२० वटा पुराना तस्वीरहरूको प्रदर्शनी अायोजना गरिएको थियो । प्रदर्शनीमा वि.संं १९२० देखी २०५४ सम्मका विभिन्न विषयवस्तुमा अाधारित तस्वीरहरू समावेश गरिएको अायोजक संस्थाकी संस्थापक महिमा गाैतमले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is IMG-4f06c0447e0df59db0cde48b7346bc61-V-1024x498.jpg

प्रदर्शनी यस अघि नगरका विभिन्न १२ विद्यालयहरूमा अायोजना गरिएको थियो ।
“हामीले चन्द्रागिरि नगरका १६ वटा माध्यमिक विद्यालयहरूमा प्रदर्शनी अायोजनाको तयारी गरेका थियाैं तर कारणवश १३ वटामा मात्र सम्पन्न गर्न सकियो” कार्यक्रम संयोजक जीवन नेपालले चन्द्रागिरि न्युजसँग भन्नुभयो ।

This image has an empty alt attribute; its file name is IMG-a43efa4c868ae714463c79dfbf69b8fc-V-1024x498.jpg


उक्त प्रदर्शनीमा सहभागि हुनुभएका चन्द्रागिरि नगरपालिका वडा नं. १२ का वडाध्यक्ष प्रकाश श्रेष्ठले बलम्बु क्षेत्र प्राचीन बस्ती समेत भएको र यहाँका पुराना तस्वीरहरू समेत प्रदर्शनीमा समावेश गर्न सकिएको भए अझ प्रभावकारी हुने बताउँदै वडाले स्थानीय क्षेत्रका पुराना तस्वीरहरू संकलन गरि प्रदर्शनी गर्ने बताउनुभयो ।


बलम्बु माध्यमिक विद्यालयमा अायोजित फोटो प्रदर्शनी कार्यक्रममा विद्यालयका करिब ९ सय विद्यार्थीहरू, शिक्षक शिक्षिका तथा कर्मचारीहरू एवं स्थानीयबासीहरूको समेत सहभागिता रहेको थियो । बलम्बु मा.वि का सामाजीक शिक्षक कमल प्रसाद न्याैपानेले यस प्रदर्शनी कार्यक्रमले विद्यार्थीहरूमा पाठ्यक्रम अध्ययनमा थप मद्दत पुगेको प्रतिक्रिया दिनुभयो ।