पुर्णिामा थापाकाे नेतृत्वमा थानकोट जेसिज महासचिवमा राेसन दानी

२८ मंसिर काठमाडौं । थानकोट जेसिजले २०२१ का लागि नयाँ नेतृत्व चयन गरेको छ । थानकोट जेसिजको २१ औं शाखा अधिवेशन तथा सधारण सभाले पुर्णिामा थापाकाे अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको हो ।


सभाबाट थानकोट जेसिज बर्ष २०२० का कानुनी सल्लाहकार राेसन दानीलाई महासचिव पदमामा मनाेनित गरिएकाे थानकोट जेसिजका पुर्व अध्यक्ष तथा निर्वाचन अधिकृत पेशल कुमार खतिवडाले बताए ।        

त्यस्तै कोषाध्यक्षमा एलिना महर्जन, कानुनी सल्लाहकारमा सभावाट मनोनित भएका छन्  ।कार्यकारी उपाध्यक्षमा बिपना बस्नेत, सावन महर्जन  चुनिएको छ ।

निर्वाचनले उपाध्यक्षमा भुवन गिरी, विशाल शाही, राउल गोपाली, सुजन महर्जन र निर्वतमान अध्यक्ष मनाेज श्रेष्ठ साे त हुने प्राबधान रहेकाे छ ।

कार्यक्रम थानकोट जेसिज २०१८ का अध्यक्ष तथा नेपाल जेसिजका २०१९ का राष्ट्रिय उपाध्यक्ष मोहन लाल डाँगीले निर्वाचित प्रदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदै युवाहरुको उर्जावान समय राष्ट्रको हितमा लगाउनु पर्ने बताए ।

व्यक्तिको दक्षता सीप र कलालाई तिखार्दै नेतृत्व र व्यत्तित्व विकासमा सबै युवाहरुले सशक्त रुपमा लान सकेको खण्डमा मात्र राष्ट्रले सही र असल नेतृत्व पाउनेमा कुनै शङ्का नरहने उनको जिकिर थियो ।

कार्यक्रममा बोल्दै थानकोट जेसिजका २०२० का अध्यक्ष मनाेज श्रेष्ठले देशको विकास रुपान्तरणमा जेसिज अभियानले पु–याएको योग्दानको बारेमा चर्चा गर्दै युवाहरुको नेतृत्वदायी भूमिकामा थानकोट जेसिजको भूमिका अतुलनीय रहने बताए ।

कार्यक्रममा थानकोट जेसिजका पुर्व अध्यक्ष सलिम श्रेष्ठले निर्वाचित सवैलाई अविर र खादाले स्वागत गरेका थिए ।

थानकोट जेसिजले २० बर्षकाे अन्तरालमा दाेश्राे महिला नेतृत्वमा पाउन सफल भएकाे छ ।