पेट्रोल, डिजेल र मट्टीतेलकाे मूल्य घट्याे

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको भाउ प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ ।