प्रहरीको लागु औषध विरुध नयाँ अप्रेसन सुरु, लागुऔषध सहित एक जनालाई नियन्त्रमा

नागढुङगा चेकपोष्टबाट प्रहरीले लागुऔषध सहित एक जनालाई नियन्त्रमा लिएको छ । चेक जाचको क्रममा लागु औषध सर्लाहीका मनोज साह भनिने २८ वर्षे दुर्गबहादुर खुलाललाई पक्राउ गरिएको प्रहरीले वताएको छ । बाराको कैलैयाँ बाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ४८८५ नंम्वरको यात्रुबहाक बसमा लागु औषध ल्याएर आउँदै गरेका उनलाई चेकजाँचका क्रममा पक्राउ गरिएको नागढुङ्गा प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले वताए ।उनको साथबाट झोलामा लुकाइ राखेको अवस्थामा ४०० एम्पुल डाइजेल्याव, ४०० एम्पुल नुफिर्न र ४०१ एम्पुल फेनार्गन गरी जम्मा १२०१ एम्पुल लागुऔषध बरामद गरिएको प्रहरी निरीक्षक घर्ती मगरले बताए ।पक्राउ परेका दुर्गबहादुरबारे म्याद थप गरेर अनुसन्धान सुरू गरिएको छ । प्रहरी नायव निरिक्ष विदुर चन्द्र अधिकारीले चन्द्रागिरि न्युज लाई भने लागुऔषध लगाएत अपराधिक गतिविधिहरु लाई निरुसाहित गर्ने हामी विशेष कार्ययोजनामा छौ । अपराध र अपराधजन्य विषयलाई शुन्यमा ल्याउन हाम्रो मुख्य जिम्मेवारी पनि हो । नागढुङगा प्रहरीले केहि दिन यता देखि प्रहरी निरिक्षको कमाण्डमा विशेष अप्रेसन सुरु गरिरहेको छ । हिजो मात्र मरेका पशुपक्षी र प्यापक लागुऔषध वरामद गरेको थियो ।