फेमिली रेष्टुरेन्ट ‘रेड लायन्स लाउञ्ज’ सञ्चालनमा अाउदै ।

काठमाडौं। राजधानीको ठमेल नर्सिङ चाेक मार्गमा फेमिली रेष्टुरेन्ट ‘ रेड लायन्स लाउञ्ज ’ सञ्चालनमा आउने भएकाे छ। संगीतका साथै स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा अाउन लागेकाे हाे ।वैशाखकाे अन्तय वाट सुरू हुने गरि रेष्टुरेन्ट ‘ रेड लायन्स लाउञ्ज ’ सञ्चालनमा अाउने भएकाे हाे ।
युवा संञ्चारकर्मि राेसन दानी तथा युवा व्यवसायी अर्जुन थापाको लगानीमा सुरुवात गरिएको रेष्टुरेन्टमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइने जनाइएको छ। हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक लाईभ सांगितिक कार्यक्रम समेत प्रस्तुत गरिने लाउञ्जका प्रवन्ध निर्देशक एवं सञ्चारकर्मि राेसन दानीले बताए।

रेड लायन्स लाउञ्ज’ अध्यक्ष अर्जुन थापाले केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेष्टुरेण्को सुरुवात गरेको बताए। रेष्टुरेन्ट विहान ११ बजेदेखि राति १२ बजेसम्म संचालनमा आउनेछ। साँझ ६ बजेदेखि राति १२ बजेसम्म भने दैनिक रुपमा फरक फरक कलाकारहरुबाट लाईभ म्युजिकल प्रस्तुती रहने छ। करिव साढे दुई कराेड लगानीमा सुरू हुन हुन लागेकाे रेष्टुरेन्टमा नयाँ नयाँ परिकारहरूकाे टेष्ट दिने कम्पनीको लक्षरहेकाे छ ।
ठमेलमा संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने र त्यहा वाट दहचाेकाे पर्यटकिय प्रर्वधनमा टेवा पुर्याउने र भावी दिनमा दहचाेक डाडामा सुविधा सम्पन्न हाेटल तथा रिसोर्ट सञ्चालनमा ल्याउने कम्पनीकाे याेजना रहेकाे छ ।