बलम्बुमा निःशुल्क ‘सुगर’ परिक्षण शिविर हुने

चन्द्रागिरि ।

बलम्बु मा.वि चन्द्रागिरि १२ बलम्बुमा एक दिने निःशुल्क स्वास्थ्य शिविर अायोजना हुने भएको छ । नेपाल-भारत सहयोगमा ‘नेपाल-भारत मैत्री चिकित्सा शिविर’ अन्तर्गत मधुमेह (सुगर) रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परिक्षण हुन लागेको हो । भदाै ३ गते शनिबार बिहान ८ देख बेलुका ५ बजेसम्म सञ्चालन हुने शिविरमा मधुमेहका बिरामीहरूले ६ महिनासम्मको लागि इन्सुलिन बाहलेकका अाैषाधी निःशुल्क प्राप्त गर्ने अायोजक गान्धी ग्लोबल फेमिलीले जनाएको छ ।