बलम्बु महालक्ष्मी पुजा सम्पन्न

चन्द्रागिरि ।

चन्द्रागिरि नगरपालिका १२ बलम्बुस्थित महालक्ष्मी मन्दिरमा शनिबार क्षमापुजा गरिएको छ । एेतिहासिक तथा धार्मिक महत्वका हिसाबले अाफ्नो छुट्टै परिचय स्थापित गराउन सफल बलम्बु महालक्ष्मी मन्दिरमा स्थानीयहरूले विधिपुर्वक पुजा गरेका थिए, सो पुजा गर्दा समाजमा कुनै अनिष्ट नहुने विश्वास लिइन्छ, पुजा कार्यक्रममा संस्कृतिविद् लक्ष्मी बहादुर श्रेष्ठ द्वारेका अतिरिक्त स्थानीय वृद्ध वृद्धाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । पुजा कार्यक्रममा सो वडाका अध्यक्ष प्रकाश श्रेष्ठको पनि उपस्थिती रहेको थियो ।