बृजिङ्ग महाशाखाका सेना सामाजिक काममा ।

फागुन , काठमाडौँ । थानकोटस्थित पानीघाटमा रहेको नेपाली सेनाको ब्रिजिङ्ग महाशाखाले सरसफाइ तथा मैत्रीपूर्ण खेलकुद गरेकाे छ ।

हाम्रो फुलवारी कार्यक्रम अन्तर्गत सेनाले थानकोट वरपर सरसफाईका साथै थानकाेट युथ कल्व संग मैत्रीपूर्ण फुटबल म्याच सम्पन्न गरेकाे हाे ।

सामाजिक काममा सक्रियता बढाउँदै आएको नेपाली सेनाले पछिल्लो केही दिनयता नेपाली सेनाको ब्रिजिङ्ग महाशाखा सामाजिक कार्यमा क्रियाशिल भइरहेको छ ।

यस अघि हाम्रो फुलवारी कार्यक्रम अन्तर्गत सेनाले एउटै मञ्चबाट विद्यालयलाई खेलकुद सामाग्री, न्यानो कपडा वितरण, साँस्कृतिक कार्यक्रम, सेना सम्बन्धि वृत्तचित्र प्रर्दशनी कार्यक्रमको आयोजना गरेकाे थियाे ।

नेपाली सेना अन्तर्गत बृजिङ्ग महाशाखाका प्रमुख सेनानी पवन थापाले नेपाली सेनाले पहिलो कार्यक्रमबाटै स्थानीयहरूमा देखिएको उत्साहले अबका दिनहरूमा सामाजिक कार्यहरुमा अघि बढ्ने हौसला मिलेको बताए ।o