भायानेटले ल्यायो रु. १ मा सेट–अप बक्स

भायानेट, नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्रदायक हो । आफ्ना ग्राहकहरुलाई सेवाहरु र अफरहरु प्रदान गर्ने कुरामा भायानेट सधै अगाडि हुन्छ । यसै क्रममा भायानेटले अब ल्याएको छ रु. १ मा सेट–अप बक्स अफर !

यो अफर अन्तर्गत ग्राहकहरुले अब भायानेटको १ वर्षको इन्टरनेट लिंदा भायाटिभीको सेटअप बक्स मात्र रु. १ मा प्राप्त गर्नुहुनेछ । यसै गरी १ महिनाको इन्टरनेट लिंदा भायाटिभीको सेटअप बक्सको मूल्य रु. १ हजार पर्नेछ भने ३ महिना र ६ महिनाको इन्टरनेट लिंदा भायाटिभीको सेटअप बक्सको मूल्य रु. ५०० पर्नेछ ।