भुटानलाई हराउँदै नेपालले जित्यो साग फुटबलको स्वर्ण पदक

काठमाडौं, मंसिर २४
नेपालले १३औं एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फको स्वर्ण पदक जितेको छ । आज काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले पाहुना टोली भुटानलाई २–१ ले हराउँदै स्वर्ण पदक जित्न सफल भयो । नेपालको जितमा अभिषेक रिजाल र सुनील बलले १–१ गोल गरे । नेपालले पहिलो र दोस्रो हाफमा १–१ गोल गरेको थियो भने भुटानले पहिलो हाफमा १ गोल गरेको थियो ।