भोलिदेखि चन्द्रागिरि नगरपालिकामा तीन दिन सिल

२ जेठ काठमाडौं ।चन्द्रागिरि नगरपालिकाले शनिबार (भोलि)देखि तीन दिन नगर सिल गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको बैठकले भोलि मध्यान्ह १२ बजेदेखि जेठ ७ गते बिहान ६ बजेसम्म नगर सिल गर्ने निर्णय गरेको हाे ।

राजधानीमा वढ्दाे काेराेना संक्रमितकाे संख्यामा वृद्धि भए संगै काेराेना भाईरसका कारण ४ जना नगरमा सक्रमित भए पश्चात् साे निर्णय गर्नु परेकाे चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीले बताए ।

मेयर गिरीले भने, ‘कोही पनि अनाश्यकरूपमा हिँड्डुल गर्न पाउँदैनन्’, उनले भने, ‘ र औषधिबाहेक सम्पूर्ण व्यवसाय बन्द गर्ने निर्णय गरिएको छ।’

चन्द्रागिरिमा संक्रमित भेटिएसँगै नगरपालिकाले सो क्षेत्रमा कडाइ गरेको हो।

चन्द्रागिरि नगरपालिका भित्र क्वारेन्टाइन राख्ने विषयमा पनि छलफल भईरहेकाे र काेराेना भाईरस विरूद्द युद्ध स्तरमा लड्न तयार रहेकाे उप मेयर लिशा नकर्मीले बताईन ।

अहिलेसम्म चन्द्रागिरिमा चार जना संक्रमित भेटिएका छन्। जोखिम नबढोस् भनेर सो कदम चालिएको नगरपालिकाले जनाएको छ।