भोलिबाट कलंकी ‘अण्डरपास’ सञ्चालनमा आउने

काठमाडौं । भदौ १ गते अर्थात भोलिबाट काठमाडौंको कलंकी चोकमा निर्माण भएको ‘अण्डर वे पास’ सञ्चालनमा आउने भएको छ । यस अण्डर वे पाससको दूरी ८ सय मीटर लामो रहरेको छ ।

कलंकी चोकबाट बल्खु र सीतापाइला दुवैतर्फ ४ र ४ सय मीटर लामो छ । भोलीबाट अन्डरपास सञ्चालनमा आएपछि कलंकी चोकमा हुँदै आएको जाम कम हुने विश्वास लिइएको छ ।

कलंकी क्षेत्रमा सवारी आवागमन व्यवस्थापनमा खटिएका ट्रफिक प्रहरी निरीक्षक तिलकबहादुर बडुका अनुसार सो अण्डर पासबाट कसरी सवारी चलाउने भन्ने बारेमा केही दिन चालहरूलाई जानकारी गराइनेछ ।साभार: न्युज २४ टिभी