यामाहाको नयाँ शोरुम सतुंगलमा

चन्द्रागिरी,
नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिकास्थित् सतुंगलमा नयां डिलर सुरु गरेको छ । एमएडब्लुले आफ्नो नयाँ डिलर जेएस अटोमोबाइल्स प्रा. लि. मार्फत ग्राहकलाइ ‘थ्री एस’ (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) को सुबिधा सुरु गरेको हो । यो क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढदो मागलाई पूर्ति गर्ने उधेश्यले यामाहा मोटरसाइकलको डिलरसिप स्थापना गरिएको हो ।

नयाँ शोरुमको उद्घाटन प्रमुख अतिथि तथा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र इण्डियन यामाहा मोटरका सिनियर म्यानेजर हिमांसु शर्माले सम्युक्त रुपमा गर्नु भएको थियो । जएस अटोमोबाइल्सबाट ग्राहकले बिस्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाईकल र स्कुटरहरुको ‘थ्री एस’ सहित एक्सचेन्ज र फाएनेन्सको पनि सुविधा पाउनेछन ।

‘विस्वमै परिचित र विस्वसनीय मोटरसाइकल ब्रान्डको सोरुम स्थापना गर्न पाउँदा गौरव महसुस गरेको छौं,’ जेएस अटोमोबाइल्सका कार्यकारी निर्देशक जोनी महर्जनले भनु भयो,’ यो क्षेत्रमा यामाहाका मोटरसाईकलको लोकप्रियेता धेरै छ । अब यामाहाका मोटरसाईकल किन्न अन्त धाइरहनु पर्दैन । सोरुममा हाइ-टेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियन रहनेछन जसले मोटरसाईकलको गुणस्तरय सर्भिसनइंग गर्नेछन।’

यामाहाले नेपाली बजारको माग र आवस्यकतालाइ सम्बोधन गरि विभिन् भेरियंन्टका मोटरसाईकल र स्कुटर बिक्रि गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर र रेजि गरि तिन मोडेल छन भने मोटरसाईकलमा एफजेडएस एफआई, आर १५, एसजीआरआर, सलुतो र प्राविधिक रुपमा उच्च स्तरीय आर ३ उपलब्ध छन । यामाहाले केहि महिना अघि नेपाली बजारमा २५० सिसि क्ष्मता भएको एफजी २५ ‘द अल्टिमेट इस्त्र्री फाइतर’ सार्वजनिक गरेको थियो । छोटो अवधिमै एफजी २५ सबैभन्दा बढी खोजिएको मोटरसाईकल बन्न सफल भएको छ ।

यामाहाका मोटरसाईकल र स्कुटरहरु प्यातेंटेड ‘ब्लु कोर’ इन्जिनजडित छन । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआइ) प्रविधि जडान गरेएको छ जसले पफ्र्मेंस बढाउनु का साथै इन्धन खपत घटाउन्छ र यसैले गर्दा यामाहाक मोटरसाईकल माइलेज बढी पाइन्छ।