लाइसेन्सको अनलाइन आवेदनमा कोटा प्रणाली हट्यो

काठमाडौं । सवारी साधन चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को अनलाइन आवेदनमा लागू भएको निश्चित कोटा प्रणाली आज शुक्रबारदेखि हट्ने भएको छ ।

दिनको निश्चित संख्यामा मात्रै अनलाइन फाराम भर्न पाउने व्यवस्था हुँदा फाराम भर्न नपाएको गुनासो बढिरहेका बेला यातायात व्यवस्था विभागले कोटा प्रणाली हटाएर क अनुसार आवेदन दिन सक्ने व्यवस्था गर्न लागेको हो ।

कोटा प्रणाली हटेपछि अब सेवाग्राहीले सातै दिन २४ सै घन्टा फारम भर्न सक्नेछन् । कोरोना भाइरसको कारण विगत १० महिनादेखि रोकिएको अनलाइन फाराम कोटा तोकेर गएको पुस १४ गतेदेखि खुलेको थियो ।

आवेदन खुला भए पनि फारम भर्नेको सङ्ख्या अधिक भएकोले कोटा सिस्टम हुँदा अधिकांश सेवाग्राही फारम भर्नबाट बञ्चित थिए।