विद्युतीय सवारीका लागि चार्जर स्टेसन

तपाईँ विद्युतीय सवारी साधन खरिद गर्दै हुनुहुन्छ वा खरिद गर्ने सोचमा हुनुहुन्छ भने तपाईँको लागि खुसीको खबर छ ।  विद्युतीय सवारी साधनलाई प्रवद्र्धन र उत्साहित गर्ने उद्देश्यसहित नेपाल विद्युत् प्राधिकरणले नेपालमा नै पहिलो पटक विद्युतीय सवारी साधन चार्ज गर्न मिल्ने ‘हाई भोल्टेज चार्जर स्टेसन’ निर्माण गर्ने नीति ल्याएको छ ।
नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालले विश्वभरि लोकप्रिय बन्दै गएको विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्दै पेट्रोलियम पदार्थको निर्भरतालाई कम गर्न प्राधिकरणले ‘हाई भोल्टेज चार्जर स्टेसन’ निर्माण गर्ने नीति ल्याएको बताउनुभयो ।
राज्य र जनस्तरबाट समेत पेट्रोलियम पदार्थको भरपर्दो विकल्पको रूपमा विद्युतीय सवारी साधनको खरिद तथा प्रयोगका लागि सशक्त रूपामा पहल हुनुपर्ने बताउँदै उहाँले यस योजनालाई राज्यले नीतिगत रूपमा नै अगाडि बढाउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
साभार गोरखापत्र