विवेकशिल साझा चन्द्रागिरि संयाेजक र एक सञ्चारकर्मी सहित अाठ प्रहरी नियन्त्रणमा ।

काठमाडौं ।२९ विवेकशील साझाका चन्द्रागिरि वडा १संयोजक सहित अाठ पक्राउ परेका छन् । भारतीय प्रधान मन्त्री नरेन्द्र माेदीकाे विराेधमा ब्यानर र कालाे झण्डा सहित विरोधमा विवेकशील साझाका नेता कार्यकर्ताले दहचाेककाे सृजना चाेकमा प्रदर्शन भएको थियो । प्रदर्शनमा संलग्न विवेकशील चन्द्रागिरि नगरपालिका वडा नम्बर १ संयोजक पवन गिरी ,उपसंयाेजक विनय थापा,सचिव अमृत गिरी,सहित ८ जनालाई पक्राउ गरेको हो । सृजना चोकमा भएको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी पक्राउ गर्नुका साथै ब्यानर खोसेको छ । प्रदर्शनमा सहभागीले ‘मोदीलाई स्वागत छ, तर नाकाबन्दी बिर्सिएका छैनौं’ लेखिएको ब्यानर र प्लेकार्डहरु बोकेका थिए । शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गरेर सरकारले निरंकुश चरित्र देखाएको पक्राउ परेका चन्द्रागिरि वडा नम्बर १काे विवेकशिल साझा पाटीका सचिव अमृत गिरीले बताए ।साेहि क्रममा समाचार सम्पेशन गर्ने गर्दै गर्दा सञ्चारकर्मि राेसनदानीलाई समेत महानगरीय प्रहरी प्रभाग वलम्वुले नियन्त्रणमा लिएकाे हाे । सञ्चारकर्मि दानीले प्रेसकाड छुटेकाे र उनिहरूलाई नियन्त्रणमा लिदा सञ्चारकर्मी दानी समेत प्रहरीले नियन्त्रण लिएकाे हाे ।