सतुंगलको विष्णुदेवी मन्दिरमा देवी–देवता पुनस्थापना गरियो

सतुंगलमा रहेको विष्णुदेवी मन्दिरमा आज देवी–देवतालाई पुनस्थापना गरिएको छ । सातगाँउले जात्राका बेला विशेष महत्वका साथ पुजिने र नगर परिक्रमा गरिने विष्णुदेवीको ३ तले मन्दिर पुरातत्व विभागले ४ वर्ष लगाएर पुनर्निर्माण सम्पन्न गरेको हो । लगभग ३ करोड रुपैयाँको लागतमा विभागकै पहलमा निर्माण सम्पन्न गरेको मन्दिरमा मूर्ति पुनः स्थापना गर्न लागिएको हो । मल्लकालमा पाटनका शक्तिशाली भारदारहरुले निर्माण गरेपछि राणाकालपछि र भूकम्पपछि दुईपटक पुनर्निर्माण गरिएको थियो । यसै बिच, पुनर्निर्माण गरिएको मन्दिरको मुख्य भागमा रहेको परम्परागत चित्रकला फेरि नराखिएकोमा भने स्थानीय र विज्ञले असन्तुष्टी जनाइरहेका छन् ।मणिगल बाट