सतुंगलस्थित न्यु भिजन एकेडेमी बिद्यालय देखी वडा न. १० कार्यालयसम्म सडक ढलान हुने

चन्द्रागिरि ।

चन्द्रागिरि नगरपालिका सतुंगलस्थित न्यु भिजन एकेडेमी बिद्यालयबाट १० नं. वडा कार्यालयसम्म सडक ढलान हुने भएको छ । सडक ढलानका लागि अावश्यक निर्माण सामाग्रीको व्यवस्थापन भइरहेको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जीवन महर्जनले चन्द्रागिरिन्यूज लार्इ जानकारी दिए । सडक ढलानका लागि निर्माण सामाग्री सडकमै थुपारिँदा सो सडकमा सवारी अावागमन अवरूद्ध भएको छ । सडक अवरूद्ध हुँदा राजधानी यातायात लगायत अन्य सवारी साधनहरू वैकल्पिक मार्गका रूपमा बोसिँगाउँ मातातीर्थ सडक प्रयोग् गरिरहेका छन् ।