सन्दिप लामिछाने क्यानेडियन लिगमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले क्यानाडाको ग्लोबल टि२० प्रतियोगितामा मोन्टरेल टाइगर्सबाट खेल्ने भएका छन् ।

आइतबार भएको ड्राफ्टमा सन्दीपलाई छैटौं चरणमा मोन्टरेलको टोलीले खरिद गरेको हो । ६ टोलीको सहभागिता रहने प्रतियोगिता जुनको अन्तिम साताबाट सुरु हुनेछ । सन्दीपको टोलीबाट हालसम्म श्रीलंकाका लासिथ मालिंगा, वेस्ट इन्डिजका सुनिल नारायण, श्रीलंकाकै थिसारा परेरा, पाकिस्तानका मोहमद हफिज, वेस्ट इन्डिजका दिनेश रामदिन, जिम्बावेका सिकन्दर राजा लगायतका खेलाडी छन् ।

यस प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । वेस्ट इन्डिजको एक टोलीबाहेक टोरोन्टो नेसनल्स, भ्यानकुभर नाइट्स, एडमन्टन रोयल्स र विनिपेग हक्स रहेका छन् ।