३ महिने सीपमुलक व्यवसायिक तालिम उद्घाटन

वल्र्ड भिजन ईन्टरनेशनल नेपाल (व.भि.ई.ने) तथा बाल विकास समाज (बा.वि.स) को साझेदारीमा जिविकोपार्जन सुधारको निम्ति ३ महिने सीपमूलक व्यवसायिक तालिमको उद्घाटन भएको छ । यो कार्यक्रम न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप) नेपालको सभाकक्षमा बा.वि.स द्वारा ईट्टा उद्योगमा रहेका बालबालिकाको उत्थानशील विकास परियोजना ९द्यच्ष्ऋप्प्० अन्तर्गत आयोजना गरिएको हो ।

बा.वि.स का कार्यकारी वोर्डका अध्यक्ष डा. सुबास गौतम ज्युको अध्यक्षतामा उक्त ३ महिने सीपमूलक व्यवसायीक तालिमको उद्घाटन पानसमा दियो बालेर गरिएको थियो । सो कार्यक्रम मार्फत २० जनालाई सिलाई बुनाई, १० जनालाई डकर्मी, २० जनालाई विद्युत जडान तथा मर्मत र १० जनालाई मोटरसाईकल मर्मत गरी ४ वटा विषयमा, चन्द्रागिरी नगरपालिकाका वडा नं. ३,९,१२ र १४ मा स्थित ईट्टा उद्योगहरुमा रहेका १७ देखि ३५ वर्षका ६० जना युवा र वयस्कलाई लक्षित गरी तालिम प्रदान गरिदै छ । तालिमकर्मीहरुको भर्ना शुल्क, होस्टेल शुल्क, प्रशिक्षण शुल्क, स्कील टेस्ट र तालिम पश्चात आवश्यक उपकरणहरु समेत दिने बा.वि.सका जीविकोपार्जन अधिकृत, प्रकाश महर्जनले बताउनु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्यका साथै उद्धेश्य माथि बा.वि.स.का महासचिव काजी बहादुर पाण्डेद्वारा प्रकाश पार्दै ३ महिने सीपमूलक व्यवसायीक तालिम लिन आउने तालिमकर्मीहरुलाई हौसला प्रदान गर्नु भएको थियो ।

आफ्नो मन्तव्यको क्रममा “रमाई रमाई तालिम सिके मात्र राम्रो कमाई गर्न सकिन्छ” भनेर तालिमकर्मीहरुलाई युसेप नेपालका महा सचिव अजय सिंह कार्कीले बताउनु भएको थियो । साथै “आफ्नो गाउँ ठाउँमा आफ्नो पहिचान आफ्नो सीप काम मार्फत नै बनाउनु पर्छ” भनेर युसेप नेपालका कोषाध्यक्ष कृष्णेश्वरी हाडाले व्यक्त गर्नु भएको थियो । विपिन आचार्य, युसेप नेपालका कार्यकारी निर्देशकद्वारा सीपमूलक व्यवसायीक तालिमकार्मीहरुले आफ्नो रुचि र लक्ष्य अनुसारको तालिम लिए मात्र तालिमको औचित्य रहने कुरा सम्पुर्ण सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

बा.वि.स. का अनुगमन तथा मुल्याङ्कन अधिकृत दिपक उप्रेतीद्वारा ३ महिने सीपमूलक व्यवसायीक तालिम शुभारम्भ कार्यक्रमको विनियोजित रकमको बारेमा जानकारी गराउनु भएको थियो । साथै गुनासो तथा सुझाब दिनु परेमा बा.वि.स. र व.भि.ई.ने को टोलफ्रल नम्बरको बारेमा प्रस्तुत गर्नु भएको थियो र उद्घोषक, प्रकाश महर्जनले कार्यक्रम आयोजनामा भएको खर्चको विवरण सार्वजनिक गर्नु भएको थियो ।

उक्त कार्यक्रममा बा.वि.स.का कार्यकारी निर्देशक कृष्ण प्रसाद सुवेदी, फिल्ड अधिकृत राजकुमार थापा, समिर श्रेष्ठ, युसेप नेपालका सिनियर व्यवस्थापन टिम र कर्मचारीहरुको उपस्थिति रहेका थिए । कार्यक्रमका अध्यक्ष डा. गौतमद्वारा कार्यकमको औपचारिक समापन गरे पश्चात युसेप नेपालको प्राङ्गणमा युसेप नेपालको सहजीकरणमा विभिन्न तालिम कक्ष र तालिमकर्मीहरुको आवासिय कक्षमा बा.वि.सका अध्यक्ष लगायत कर्मचारीहरुले भम्रण गर्नु भएको थियो ।