देव्यानी

  • 287
    Shares

२०७३ सालको पहिलो महिना ,बैशाख महिना । नयाँ बिचार शक्ति, केहि नौलो गर्ने अठोट, जोश जगरणको खोक्रो अवरण बोकेको महिना । बिरुवामा नयाँ नयाँ पालुवाको उदय हुँदै गर्दा ,धुम्म आकाश सेता बादल बोकी निला रङ पोत्दै थीए । चैत्रको हावाहुरी सकिने छाटकाट हुनै लाग्दा एक हितैषि भाईले हावा मै बुहारी उडाएर लेराको उपलक्ष्यमा काभ्रेको बान्सडोलमा आयोजित भोजमा सरीक मेरो प्यारो दिदी अनि म ।

गोधुली साझ आन्धकारमा मिसिनै लाग्दा मेरा भुडीमा दौडिएका मुसाहरुले मेरा पाहिला फुड स्टलतर्फ नै मोडे, ७५० प्रती ब्यक्ती तोकिएको सिरामिक्स प्लेटमा मेरो देब्रे हातले ८५० बाराबर को ब्यञ्जन भर्न भ्याईसकेका थीए ।
आफ्ना आधा कुइन्टल शरीरलाई दल्फिन कुर्सिमा थुपार्दै गुदीका मुसालाई आरम गराउनै लाग्दा मेरा कान ठुला स्वोरमा घन्किएका म्युजिक सिस्टम चिर्दै एक हसोमा ठोकिन पुगे
अपरिचित अनि आकर्षक ती हसोले मेरो २३औ बशन्त पार गर्न लागेको गर्धनलाई दाहिने तर्फ कारीब ९० डिग्री मोड्न बाध्य बनायो .
६-७ जनाको हसिलो मुहारको जामातमा मेरो ध्यान एक निश्चित ब्यक्तिमा अटल भयो ।

सुनौलो मिस्रित गुलाबी सारीमा सझीएकी थीईन उनि,कलेटी ओठमा पोतिएको गुलबी लालिले “MATCHING” शब्दलाई जिवन्त बनाएको थीयो, गाजलको कालो धर्सोले उनका स्वेत मुहारलाई चम्काउने कुनै कसर बाकी राखेन, स्वतन्त्र उनका केशले मेरो मन कैद गराइ, अत्तरको महकले मेरा आत्मा बसमा पारी सकेकोथीयो । मानौ म उनको सुन्दरताको गुलाम हु । मेरो गर्धन पुन्: ९० डिग्री देब्रे नमोडने घमण्ड गर्दै थीए ।

बैशाखको अन्तिम हुरीले भतेरको तामझाम बिथोल्ने तामझाम गर्‍यो । म लगायत मेरा केहि आफन्तहरु हुरिको प्रभाब कम गर्न लागिपर्‍यौ। केहि समयको मुठभेट पछी बत्तास शान्त भयो । मेरा नयन त्येही स्थानमा पुग्यो तर त्यहां त्यो समुह थिएन न त उनिनै, लाग्यो बत्तासले उनलाई पनि लिएर गयो, मेरो मनमा मनौता छर्दै
नैराशयताले मुन्टो निहुरन्नै लाग्दा मेरा नयन एक्लो, बेबारीसे अनि सुनौलो पर्समा अड्कीयो । नजिक हकवाला कोही नभएको कारण मैले पर्स उठाए अनि हेरे भित्र केहि ॠगारको समानहरु बिच एक ID CARD थियो, जसमा फोटो उनको अनि नाम थियो
“देव्यानी”

कारीब ३० वटा उराठ लाग्दा मिनेटको समाप्तिमा एक आवाज “दिपेन्द्र जी” भन्दै मेरा कानमा साउती गर्‍यो, मैले झस्कदै मुन्टो बटारे । स्वोर नौलो भएपनी मुहार मेरो मनको WANTED LIST को प्राथमिकतामा PINNED गरीएको उनकै थीयो,
हो उनि “देव्यानी”

कम्पन मिश्रीत मेरा स्वोरले “हजुर्” मात्र बोले
त्यतीनजेल , जेल घसेको मेरो ठुटे कपाल ,स्त्रीले सोझाएको निक्खर कालो सुट अनि रातो टाइ हातले मिलाउदै , पाइन्टको पछील्लो भागले चुच्चे पाटे शुज टल्काउन मेरा दिमागले निर्देशन दियो ।
FOGGको BLUE FOREST अत्तरले घेरीएको मेरो शरिरबाट मन भाग्दै गगन सयर गर्न थाले

उनि : HI ( उनको दोस्रो शब्द म तर्फ फालिन )
म : केहि काम थियो ? ? (मनको भावना कैद गर्दै बोले )
उनी : त्यो पर्स मेरो होनी (सानो आवाज निकाल्दै बोलिन )
म : केहि प्रमाण ? ? (पर्स लुकाउदै बोले )
उनी : भित्र हेर्नुस ID CARD छ, मै हु “देव्यानी”(उनको स्वोर लाडे भयो )
म : लिनुस (आत्मसमर्पन गरे झै पर्स दिए )
उनी : THANK YOU ( आफ्नो दिम्पलको बिज्ञापन गर्दै मुस्कुराइन )
म : THANK YOU मात्र ? ? ( मनले जिस्कन कर गर्‍यो)
उनी : अरु के त ? ? ( चन्चल उनको स्वोर )
म : पर्सको पैसो मैले अघिनै राखिसकेनी ( मेरो स्वोरमा अड्मबराता झाल्कियो )
उनी : तपाईं त्यस्तो देखिनुहुन्न ( बर्षौ देखी परिचित झै मेरो पक्षमा आफ्नो तर्क गरिन )
म : ( खस्रा गाला चाउरी पार्दै हासे )
उनी : अघि हुरिले गर्दा खान खानु पाहुनु भएन होला है ? ? (आफ्नै झै प्रश्न गरिन)
म : हल्का(मुन्टो दाया बाया हल्लाए )
उनी : के खानु हुन्छ त? शहर जस्तो पिज्जा, बर्गर छैन, मकै भटमास हुन्छ ? ? ( जिस्काउदै दायालु उनि बनिन )
म : कती हो र मकै भटमासको ? ? (जिस्कदै पैसा देखाउदै बोले )
उनी : पैसाले आउँदाइन Mr. ( निधार तन्काउदै ,आखां ठुलो पार्दै बोलिन )
म : के ले आउछ त ? ( माफी स्वोरमा आवज निस्कियो )
उनी : यहाँ त भोग मेट्न बारीमा पसिना पोख्नु पर्छ , हातमा ठेला उठ्नु पर्छ ,घाममा काम गर्नु पर्च, काली बन्नु पर्छ ( गाउले हुनुको घमण्ढ गरिन, मलाई गीज्याउदै)
म : खै त! काली भाको?? तपाईं त गोरी अनि सुन्दरताको प्रतिमुर्ती देखिनुहुन्छ त (मैले सरल प्रसम्सा गरे, उनी केहि लजाईन)
लजाउदै मुहार छोप्न पुगेका ती उनका हात मेरा दुस्मन भई सकेका थीए
त्येही समय मेरो दिदी आइपुग्नु भयो
उनी : नमस्ते दिदी ( हात आफ्नै निधारमा जोडिन )
दिदी : हेर संस्कार , त उल्लुले कैले सिक्छस ? ? ( मलाई गली गर्दै, उनको प्रसंम्सा गर्नु भयो )
यती सुनेर उनले दन्त लहर यसरि फिजएन कि मानौ उनि प्रसिद्ध दन्त मन्जनको BRAND AMBASSADOR हुन
उनको प्रसंम्सामा मेरो पनि मन रम्यो
दिदी : यस्लाई चिन्छौ ? ? (दिदिको प्रश्नले उनमा भन्दा ममा कौतुहल्ता थपियो )
हामी दुबैले टाउको हल्लाई नचिनेको इसरा गर्‍योउ
दिदी : यो तिम्रो काठमाडौंको काकाको छोरो, तिम्रो दाई , ठ्याकै तिमी भन्दा २ बर्ष जेठो
(त्यती भन्दै दिदी “देव्यानी” लाई तान्दै त्यहाँ बाट हिंड्नुभयो)
उनी पनि दिदी सँग लम्कदै बोलिन
“HANDSOME दाइ”
दिपेन्द्र रसाइली




  • 287
    Shares

Comments

comments