प्रथम चन्द्रगिरि महोत्सवको प्रधान मन्त्री दाहालवाट भव्य रुपमा समुद्धघाटन

काठमाडौं । राजधानीको गुर्जुधारामा मंगलबारबाट ‘प्रथम चन्द्रागिरी महोत्सव २०७३’ सुरु भएको छ । मंगलबार (चैत २९) देखि वैशाख ६ गतेसम्म चल्ने महोत्सवको पहिलो दिन प्रधानमन्त्री पुष्मकमल दाहाल प्रचण्डले उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले ऐतिहासिक महत्व बोकेको चन्द्रागिरी नगरपालिकाको मुख्य सडक विस्तारका लागि चाडै पहल गर्ने त्यसैगरी राजधानीवासीले भोग्नुपरेको धुँवाधुलोको समस्यालाई चाँडै नै हटाउने बताए । प्रधान मन्त्री दाहालले मगंलवार प्रथम चन्द्रगिरि महोत्सव २०७३को समुद्धघाटन गर्न जार्ने क्रममा कलंकी देखि थानकोट सडक खण्डको दयनिय अवस्था सडक जाम धुवा धुलोको समस्या प्रत्यक्ष देखे पछि मगलवारै वसेको मन्त्रि परिषद्को वैठकमा समेत मुख्य सचिवको संयोजकत्वमा कार्यदल समेत गठन गरेको छ ।महोत्सवमा गोरु जुधाई प्रतियोगिता, रेस्लिङ खेल तथा सांगीतिक कन्सर्ट पनि हुन्छन् । काठमाडौंको पश्चिम भेग मनोरम चन्द्रागिरीमा हुने महोत्सवलाई थप सफलता दिन र दर्शको आकर्षण बढाउन यी कार्यक्रम पनि राखिएको बताइएको छ । सोमबार थानकोटस्थित चन्द्रागिरी हिल्समा पत्रकार भेटघाट कार्यक्रम गर्दै महोत्सव मूल समारोह समितिले अन्य महोत्सवभन्दा केही फरकपन यो महोत्सवमा देख्न पाइने जनाइएको थियो । साथै महोत्सवको अवधिमा वैशाख १, ३ र ५ गते गोरु जुधाउने प्रतियोगिता रहनेछ । गोरु जुधाउने प्रतियोगिता वैशाख १ गते एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने बताइएको छ । त्यस्तै वैशाख ४ र ५ गते दर्शकले हिमालयन टाइगर समूहको रेस्लिङबाट मज्जा लिन पाउनेछन् । आज कलंकी र नागढुंगाबाट बाजागाजासहितको ¥याली निकालेर महोत्सव स्थल पुगेर कार्यक्रम औपचारिक रूपमा सुरु भएको थियो । महोत्सवमा कृषि, स्वास्थ्य, शिक्षा र सूचनाका स्टल रहेका छन् । साथै महोत्सव अविधभर घरेलु, प्रविधि अटो इन्जिन, लत्ताकपडा, फुड स्टल, रमाइलो मेला, राष्ट्रिय कलाकारहरूले सांस्कृतिक प्रस्तुति पनि दिनेछन् । महोत्सवको पहिलो गीत मंगलबार गायक टंक बुढाथोकीले आफ्ना चर्चित गीतहरू गाएर दर्शक नचाएका थिए । साथै आज दोस्रो दिनका लागि लोक गायक रामजी खाँण लगायतका कलाकारहरू रहने सांस्कृतिक संयोजक कुबेर गिरीले जानकारी दिए । महोत्सवको कुल खर्च १ करोड हुने र अनुमानमा ८ करोडभन्दा बढीको कारोबार महोत्सव अवधिभर हुने सह संयोजक रोसन दानीले जानकारी दिएका छन् । महोत्सवमा ३ लाख दर्शलाई अवलोकन गराउने लक्ष्य रहेको उनको भनाइ छ । महोत्सव अवलोकनका लागि साधारण व्यक्तिलाई ५० त्यसैगरी विद्यार्थीका लागि ३० र अपांग, वृद्ध तथा अशक्तहरूका लागि निःशुल्क प्रवेश राखिएको अर्का सह–संयोजक राम नारायण घिमिरेले जानकारी दिए ।