त्यो पहिलो भेट ६ महिना अघिको थियो, यस बिच हाम्रो सम्बन्ध फसबूकमा W/H question मा सिमित थियो, साप्ताहिक्, अर्धमासिक,मार्सिकरुपमा कती अधुरा वाक्यमा हाम्रा बार्तलाप हुन्थे, नितान्त अधुरा ।मानौ हामी दुई एक प्रसिद्ध टेलिभिजन शो, कौन बनेगा करोडपतिका सहभाग हौ। तर आज सम्म दुई बिच कोही बिजय थिएन । कारण मलाई उनि सँग हार्नु थियो अनी उनिलाई म बिरुध्द जीतको कुनै खाचो थीएन ।
एकदिन उनको फसबूकमा status upload भए “ travelling to Kathmandu”
देख्न साथ बिना आशा,” Coffee tomorrow at 11 ? “ टाईप गरी सेन्ड गरे, केहि समय उनको मेसेज कुरे, ढिला सम्म उनको रीप्लाई नाअए पछी म निरास सुते ,
थाहा छैन कसरी,तर मेरा निन्द बिहान ५ बजे बिथलियो, Wifi ON गरे, मेसेन्जरको माथि उन्को मेसेज थियो
,”make it 11:30 ”
म चिच्याउदै खाट बाट उठे, छीमेकमा म पागल भएको हल्ला थियो तर आज मैले त्यो प्रमाणित गरे ,
मेरा होस आफ्नो ठाउँमा थीएन, मेरा निन्द मेरा पकड भन्दा कतै दुर भागी सकेको थियो । बिहान ५ बजे सबै भन्दा निद्रा लाग्ने मलाईआज सुर्यादय सँग बढी झुकाब भयो, म हरेक पल सुर्यादय चाडो होस भन्ने प्रथना गर्न लागे
मलाई कता जाउ, के गरम ,कसलाई भनम भयो,
कारण म उनि सँग भेट्दै छु , जो सँगको पहिलो भेटमा मैले आफ्नो दिल हारेको थीए, जब उसको मेसेज मात्र पद्छु मेरा दिमाग बसमा रहदैन, जब उसको फोटो मात्र नि हेर्छु म घण्टौ सम्म उनमा हराउछु ।
तर आज उनि मेरो आगाडी हुनेछिन्, मलाई आफ्नो भावना कतै दुर कैद गरी उनको अगि मनको कुरा भन्नु छ, तर कसरी ? ?
म सोचमा पर्छु ।कोस्ले गर्ला मलाई सहयोग ? ?

६ बजे बाईक स्टार्ट गरी म साथी को निन्द बिगार्न गए, सबै कुरा उस्लाई भने,
एक पल उस्ले पनि गरेन कि देव्यनिले मलाई भेट्न को लागि YES किन गरी ।
हामी दुइ मिली सस्तो, राम्रो अलिक रेस्टूरेन्ट खोज्यौ, जुन मेरो बजेटमा थीयो, अनि म बस्ने ठाउँ भन्दा अलि टाढा पनि, ताकी फर्कदा हामी बिच अलि धेरै कुरा होस्, मनको कुरा म साटन सकु त्यो पलमा
उसले मलाई प्रथमिक स्कुलको मास्टरले झै डेटको नियम्, गर्न हुने ,गर्न नहुने कुरको बेलिबिस्तार लगायो,म अबोध बालक झै हस मात्र बोली रहे,
नेपालको सम्बिधानले ओगट्न नसकेको बुदा उसको सुझाबमा सामेल थियो ।नहोस पनि कसरी, त्यो मेरो पहिलो डेट थियो,जस्लाई मैले २३औ बसन्त पार गरेको मनमा सुरक्षीत राखेको थीए, जुन पल म उनि सँग साटन गै रहिको थीए । मलाई याद नि भएन कि जो सँग म सल्लाह लिदैछु, तेस्को पनि आजसम्म एउटै ग्रल फ्रेन्ड छैन । म उसको मेहेनत देखेर मुस्कुराए,
आचनक उनको मेसेज आयो, ” sorry,I’ll take a bit more time to be ready, so can we meet at 12?? ”
म मुस्कुराउदै सोचे मलाई भेट्न उनि आफ्नो सुन्दरता निखार्दै छिन । म किन नाइ भन्न सक्थे
आफ्नो क्लेकसनको सबै भन्दा बेस्ट टि-सर्ट अनि पाकिस्तानी अत्तर छर्कदै म ११:३० मा न्यूरोडको सुप्रीम क्याफे पुगे,जती जती भेट हुने समय नजिक हुँदै गयो, मेरो दिलको धड्कन त्यती तेज हुँदै गयो,दिमागले त काम गर्न छोडेको बिहानै बाट थियो ।उनको परखाइमा कफीका ३ गिलास खाली भैसकेको थियो, अनि पेट टन्न

ठीक १२ बजे उनको मेसेज आयो ,”I guess I can see you ”
मैले मेरो नजर उठाए, उनि मेरो अगाडी थीइन ।त्यो एक पलमा मैले बुझे जादु के चीज हो । लाग्यो पुरा संसार रोकियो जब उनको पहिलाहरु मेरा तर्फ बढे । लाग्यो आसरको पहिलो बर्षाद्को थोपा मलाई चुम्दै छन,या मानौ भगवान ब्रम्हाले लेखेको सबै भन्दा सुन्दर कथा म पढ्दै छु ।
उनी आइन्,बसिन्, मुस्कुराइन अनि प्रश्नहरु सोध्न थालिन्, म चुपचाप उनलाई एकटक हेरीरहे,कारीब १० मीनेटमा आफुलाई सम्हाल्दै, उनि लाई पहिलो प्रश्न सोधे, ” कतै तिमीलाई ढिला त भाको छैन ? ?”

भख्खर त आएको, मलाई त धेरै समय बस्नु छ ।(उनमा हसाको फोहोरा छुट्यो)
उ आफ्नो सबै कुराहरु खोल्दै जान थालिन पहिलो,दोस्रो, तेस्रो गर्दै उनले आफ्नो कयोउ कहाँनी भनिन कि किन उनि खास छिन सबैका लागी अनी आफ्नो मर्जीको मालीक पनी।
संसारलाई आफ्नो कथा,गाथा भन्न रुचाउने म, आज उनको आगाडी श्रोता भएको थीए,उनी बोल्दै गर्दा कैले हास्थिन्, कैले कपाल मिलाउथिन । म उनको होउ-भाउमा आफुलाई हराएको महसुस गर्न थाले ।
यही त हो मैले सोचेको मेरो जिवन, “उनि आफ्नो भाव पोखिरहुन अनि म जिवन भरी सुनी रहम”।
म चियामा डुबेको बिस्कुट जस्तै उनमा पग्लीएको थीए ।
वार्तालाबमा म कैले हड्बडाउथीए, कैले मेरा शब्द अनायश रोकिदै थीए, कैले मेरा बोली साबिक भन्दा बढी लरबराउदै थीए ।
उनी पनि सोच्दी होली,”कुन चै उल्लु सँग आएछु भेट्न” ।
कफीको गिलास रितीए सँगै म आफ्नो मनका भावना पोख्न थाले ।उनिलाई देखेको दिन देखी आज सम्म मैले कती सपना उनको लागि बुनेको छु,कती खास छिन उनि मेरा लागि, बिपना मात्र नभै सपनामा पनि उनि म सँग हुन्छिन सधै।

म उनको आगाडी हातमा कफीको गिलास समाती आफ्नो भाव पोख्दै उनलाई अनुरोध गरे एक ” NO” को ।
मानिसहरु “YES” को लागि हजारौ तरिकाले आफ्नो भावना पोख्छन,तर मैले आफ्नो मनको कुरा उनको आगाडी राखदिए केबल एक “NO” सुन्नको लागि,ताकी म आफ्नो बाटो हिंड्न सकु । स्वतन्त्र
सायद म पहिलो व्यक्ती थीए जस्ले आफ्नो प्रेमबाट आफै टाढा भाग्दै थियो ।
तर उनले मेरो प्रस्ताबको पनि इन्कार गरिन्, ” किन NO भन्नु तपाईंलाई” भन्दै
-Deependra Rasaili

Chandragirinews rocky देव्यानी-५ लेख संस्कृत    chandragiriChandragirinews careerad देव्यानी-५ लेख संस्कृत    chandragiriChandragirinews jebsad देव्यानी-५ लेख संस्कृत    chandragiriChandragirinews sano-sansar1 देव्यानी-५ लेख संस्कृत    chandragiriChandragirinews oracalray देव्यानी-५ लेख संस्कृत    chandragiriChandragirinews brightangel देव्यानी-५ लेख संस्कृत    chandragiri

Comments

comments