भक्तपुर | परम्परादेखि नेवारी समुदायमा बजाइँदै आएको नौ बाजाको आर्कषण घट्दै गएको छ । आर्थिक अभाव र आधुनिक संगीतको प्रभावका कारण चार सय वर्ष पुरानो इतिहास बोकेको नेवारी समुदायमा निकै बज्ने नौ बाजाको आकर्षण अहिले घट्दै गएको हो ।Chandragirinews newari-baja-3 नेवारी समुदायमा मात्रा बजाइने यि नौ बाजा लोपन्मुख अवस्थामा, फोटो फिचरसहित संस्कृत    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha

सोह्रौ शताब्दीदेखि प्रचलनमा आएको नौ बाजा हराउँदै जान थालेपछि स्थानीय बुढापाखा भने चिन्तित भएका छन् । मल्लकालीन समयमा बनेका नौ बाजा नेवारी समुदायमा प्रत्येक चाडपर्व, डाफा भजन, पूर्णीमा, एकादशी, जात्रा र मेलामा बजाउने गरिन्छ । तर विस्तारै आधुनिक संगीतको प्रभाव पर्न थालेपछि बुढापाखा चिन्तित भएका हुन् ।Chandragirinews newari-baja-4 नेवारी समुदायमा मात्रा बजाइने यि नौ बाजा लोपन्मुख अवस्थामा, फोटो फिचरसहित संस्कृत    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha

नौ बाजामा फरक सांगितिक धूनबाटै चाडपर्व र मौसम छुट्याउन सकिन्छ । गुठी संस्थानका जमिनहरु खरिद बिक्रि र जमिनको कुत उठाउन नसक्दा आर्थिक अभावका कारण मल्कालीन नेवारी बाजा हराउँदै गएको स्थानीय बताउँछन् ।प्रत्येक चाडपर्व, डाफा भजन, पूर्णीमा, एकादशी र जात्रा तथा मेलामा बजाइने यी बाजा नेवारी समुदायमा महत्वपूर्ण मानिने विशेष बाजा हो । नौ बाजाअन्तर्गत नगरा, धिमा, लालखिङ, ढाँचा, पश्चिमा, ढलक, कोत्ता र करखिङ पर्छन् ।Chandragirinews newari-baja-5 नेवारी समुदायमा मात्रा बजाइने यि नौ बाजा लोपन्मुख अवस्थामा, फोटो फिचरसहित संस्कृत    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha

एक पटक चार्डमा बजाउन ३ हजारदेखि ६० हजार रुपैयाँसम्मको लागत पर्ने नौ बाजा खलका ब्यक्तिहरु बताउँछन् । चाडपर्वमा विशेष भोजको आयोजनासहित यो बाजा बजाउने गरिन्छ । आम्दानीको मूख्य स्रोत जग्गाबाट कुत उठाउन नसक्दा बाजा मर्मत गर्नसमेत समस्या उत्पन्न भएकाले नौ बजाा अन्त्र्गतका महत्वपूर्ण बजाहरु जीर्ण अवस्थामा पुगेको उनीहरु बताउँछन् ।Chandragirinews newari-baja-6 नेवारी समुदायमा मात्रा बजाइने यि नौ बाजा लोपन्मुख अवस्थामा, फोटो फिचरसहित संस्कृत    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha

भक्तपुर नगरभित्र ६ ठाउँमा यो बाजा बजाउने गरिएको भए पनि अहिले भने याक्ष, दत्तात्रय र टौमढीमा मात्रै बजाउने गरिएको छ । यो बाजा धार्मीक आस्था र परम्परामा बाँधेर मात्र बजाउने गरिएको नौ बाजा खलका सदस्यहरु बताउँछन् । यसलाई चार्डपर्व अनुसार कुसुले(कपाली )जातिले बजाउने विशेष बाजा पनि भनिन्छ । कुसुले बाज दत्तात्रय, याक्ष र टौमढीमा मात्र बजाउने गरिन्छ ।

बाजा बजाउने मानिसको अभाव भएकाले एकैजनाले सबै ठाउँ भ्याउनुपर्छ । हाल नयाँ पुस्ता आधुनिक संगीतमा रुची राख्नाले बाजा बजाउने पनि युवाभन्दा बूढापाका मात्रै देखिन्छन् । युवा पुस्ताले यो बाजा सिक्न छाडेपछि बूढापाकाहरु संरक्षण गर्न निकै गाह्रो भएको बताउँछन् । हाल बाजा बजाउन नौजना मान्छेको उपस्थिति हुनसमेत गाह्रो हुने गरेको छ । जति जना मान्छे जम्मा भए त्यतिले मात्र बाजा बजाउने गरिएको खलका सदस्य बताउँछन् ।

परप्परागत रुपमा बाजा बजाउन आर्थिक अभाव हुँदा नौ बाजा जोगाउन निकै कठिनाइ भएको गुनासो उनीहरुको छ । संस्कृतिविद् ओमप्रसाद धौभँडेल नगरका धेरै ठाउँमा बजाइने नौ बाजाका गुरुको् अभाव र नयाँ पुस्ता बाजा सिक्ने रुची नहुनाले बाजा जोगाउन गाह्रो भईरहेको बताउँछन् । विशेष समयमा बजाइने बाजाको छुट्टै महत्व रहने गरेको बताउँदै संस्कृतिविद् धौभँडेल यो बाजा लोप हुने अवस्थामा पुगिसकेकाले नयाँ पस्तालाई यो बाजा सिकाउन आवश्यक भएको औल्याउँछन् ।
स्रोत: जनता टाईम्स

Comments

comments