कार्तिकशुक्ल षष्टी तिथिलाई छर्ठपर्व भनिएझै ज्येष्ठ शुक्ल षष्टी तिथिलाइ सिठीपर्व भन्ने गरिन्छ । शिवपुत्र कुमार कार्तिकेयको जन्म आजकै दिन भएको थियो । शिवजीका जेठा छोराका रुपमा षटकृत्तिकाका गर्भबाट जन्मिएका कुमार कार्तिकेयको  जन्मदिनलाइ ‘कुमार षष्ठी’ भनिन्छ । यो पर्व आज जेठ १७ गते वृहस्पतिवार परेको छ । यदाकदा क्षय हुने क्रममा आजको षष्टी तिथि भने क्षय भएको छ ।

आर्थत छुट्टै तिथि छैन यसपालि यसको । आजको दिनलाई नेवार समुदायमा सिथिनखः भन्ने पनि गरिन्छ । षष्टी तिथि अपभ्रंश हुँदै ‘सिठी’ भएको अनुमान लगाउनु अत्युक्ति हुँदैन । सीठी भन्नु कुमार कार्तिकेयकै नाम हो । कार्तिकेयको वाहन मयुर हो । वैदिक संस्कृतिमा मयुरको पंखलाई शुभ संकेतका रुपमा लिइन्छ । घरमा मयुर पख राख्नाले घर अनिष्ट दोषमुक्त हुन्छ । बालबालिकाहरु अधययनशील, नैतिक र चरित्रवान हुन्छन् ।
बैदिक वाङमयमा शिवपुत्र कुमार र गणेशको उदय अशुभ तारकासुरको बधका लागि र सम्पूर्ण ब्रहृमाण्डमा शुभ र मङ्गलका लागि भएको भनिएको छ । कुमारलाइ वीरताको प्रतिक, साहसका द्योतक र मानव मात्रको लक्ष्य र अभीष्ट पूर्तिका प्रेरकका रुपमा लिइन्छ । सिद्धि साधना, लक्ष्य, मिसन जे भने पनि उद्देश्यविनाको जीवन निर्रथक र निस्प्रयोजन हुन्छ । लक्ष्य र लाभ गणेशका पुत्र अर्थात उपलव्धिहरु भने झै मानव जीवन सार्थक बनाउन निश्चित गन्तव्य हुनै पर्छ । विश्व परीक्रमा एकै पटक गर्ने उद्देश्य बोकेका कुमारजीको लक्ष्य उद्देश्य के लिनु ‘उडी छुनु चन्द्र एक’ भन्दा कम छैन । कुमारका छ वटा शिरले मानवका पाँच ज्ञानेन्द्रिय र छैटौ मनलाई सही उपयोग गर्नुपर्छ भन्ने संकेत गर्छ । सिठी, कुमार षष्टीका दिन पारेर आरम्भ गरिएका कुनै पनि कार्य सफल हुन्छन भन्ने पूर्वीय दर्शनका मान्यता रहेको छ । यस दिन निर्माण कार्य विकासका थालनी, उदघाटन आरम्भ, घर मन्दिर, कार्यालय स्थापनादेखि जिवनका लागि आवश्यक बागबगैचा, इनार, कुवा, पाटी, सत्तल, वाटाघाटा निर्माण, ममृत, शिलान्यस, सरसफाईदेखि रंगरोगन समेतका धेरै कार्यहरु यसै दिन विशेषमा गर्नाले तत्तत् कार्यको दिगोपना रहने अर्को मान्यता पनि रहेको छ ।
हाम्रो मुलुक कृषिप्रधान मुलुक हो । सिठीका दिन नयाँ बीउ सुकाउने, वीजरोपण गर्ने गरिन्छ वर्षातको संकेत असार आरम्भ भएकाले प्रमुख बाली धान रोपाई असारे गीन घन्काउने पनि चलन छ । कृषि उपज बाली संरक्षण, खेतीपातीमा श्रम, पसिनाको लगानी गर्दै दिल बहलाउने खालका मीठामीठा गीत गाएर आनन्द लिने चलन पनि छ, विभिन्न राग गाउने चलन छ, मायाप्रीति बाँडने चलन छ । वर्षाको आरम्भको संकेत किसानहरुले र ग्रामीण परिवेशमा सिठीपर्वलाई हृदयदेखि नै आभार व्यक्त गर्ने गर्छन । कमलको फुल, मुगी, मास, केराउ, कुंकुम, चामलको पीठो, गहुँको पीठो अर्थात छ छ थरीका परिकार बनाएर सिठी देवताको पूजा गर्ने चलन समेत रहेको छ यसै दिन । हाम्रो आर्थीक विकासको मूल आधार कृषि पेशा नै हो । खाद्यान्न कमी हुँदै आएको हिजो आजको पर्रिपेक्ष्यमा हामीले हाम्रो संस्कृतिलाई समेत आत्मासात गर्दै सबैले सामुहिक रुपमा आफ्नो गाउँलाई उर्वर बनाउनु परेको छ । यसो गर्दा पर्यटन वर्ष नारा पनि सफल हुँदै हाम्रा गाउँघर हराभरा हुनेछन् । विदेशीहरु पनि हामीप्रति आकषिर्त हुनेछन्, मोहित हुनेछन् । मौलिक संस्कृति भनेको मुलुकको ढुकढुकी नै हो । झट्टै विदेशीको नक्कल गर्नुभन्दा पहिले हामीले हाम्रो मौलिक संस्कृतिको थप खोजी, अनुसन्धान र विश्लेषण गर्नु जरुरी छ ।
हाम्रो मुलुकमा मंगलकारी गणेशजीको मन्दिरहरु र्सवत्र भएझै कुमारका मन्दिर विशेष कम भए पनि काठमाडौ र काभ्रेमा कुमारका मन्दिरहरु छन् । कुमार षष्टीका भोलिपल्ट काभ्रे र काठमाडौका यी मन्दिरहरुबाट कुमार कार्तिकेयको जात्रा निकाल्ने चलन छ । कार्तिकेय वीरताका प्रतिक भएकाले वीरता प्रदर्शन गर्ने खालका नाटकहरु हुने गर्थे हाम्रै मध्यकालिन समयमा, पछि यो परम्परा तोडियो । हिजोआजका परिवेश फरक छ । युद्ध कलाबाट विजय प्राप्त गरी वीरता देखाउने समय यो होइन । ठूला ठूला विश्वयुद्धको परिणामबाट मानवले पर्याप्त शिक्षा प्राप्त गरिसकेको छ । जापान त्यसको उदाहरण हो । हिरोसिमा र नागाशाकी दुरघटनापछिको जापान हालको विश्वप्रेम र विकास आफै उदाहरण बनेको छ । क्रान्तिपछि शान्ति हुन्छ भन्ने आधुनिक दर्शनशास्त्रीहरुको मर्म हामीकहाँ लागु हुन अझै धेरै समय कर्र्नुपर्ने देखिएको छ । गुमेको शक्ति, पद, प्रतिष्ठा, धन, आरोग्यलाई पुनः प्राप्ति हेतु पनि कुमार कार्तिकेयको स्मरण उपसना गरिने भएकाले सिठी उपसानाबाट मुलुकमा गुमेको र्सवगीण विकास होस, यही शुभकामना ।

Comments

comments