चन्द्रागिरिकाे मच्छेगाउँमा चौथों राष्ट्रिय लाखे नाच प्रदर्शनी हुने

यहीे भदौ २१ गते मच्छेगाउँमा चौथों राष्ट्रिय लाखे नाच प्रदर्शनी हुने भएको छ ।

नेपाल साँस्कृतिक कला मन्दिरले चन्दागिरी नगरपालिकाको सहयोगमा सो नाच आयोजना गर्न लागेको हो । संस्कृति संरक्षणसंगै पर्यटकीय प्रर्वद्धनका लागि सो प्रदर्शनीलाई यस वर्षको निरन्तरता दिइएको हो । नेपाल पर्यटक बोर्डले पनि प्रदर्शनीको प्रर्वद्धको भूमिका निर्वाह गर्ने ।

संस्कृति संरक्षणलाई पर्यटकीय प्रर्वद्धनसंग जोडेर प्रदर्शनी गर्न लागेको नेपाल साँस्कृतिक कला मन्दिरका सल्लाहकार अच्युत अधिकारीले जानकारी दिए । सो प्रदर्शनी चन्दागिरी नगरपालिकाको वडा नं १० स्थिति मच्छेगाउँको भलिबल खेलमैदानमा दुई दिनसम्म चल्ने छ ।

अधिकारीका अनुसार सो नाचको लागि तयारी तीब्र गतिमा भइरहेको छ । नाचसंगै सांस्कृतिक तथा सम्मान पनि तय गरिएको छ । नगरपालिकाको सहयोगमा हुन लागेको सो प्रदर्शनीमा काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाबाट लाखे नाचको देखाईनेछ ।

सो अवसरमा स्थानीय लोकभाका, भेषभूषा र चालचलन एवं रोपाइँ जात्रा, घोडेजात्रा, गाईजात्रा, राउटे जात्रा, वैरागी जात्रा र अन्य जात्रा देखाउँदै समाजका विभिन्न विकृति माथि समेत व्यंग्य प्रहार गर्ने कार्यक्रम रहेको पनि बताइएको छ ।

नेवार समुदायमा विभिन्न प्रकारका नाचहरु नाचिन्छ । ती मध्यको एक हो लाखें नाच । उपत्यकाका विभिन्न स्थानमा जात्रा आयोजना हुँदा र विशेष गरेर गाईजात्रा र इन्द्र जात्रामा को आसपासमा यो नाच भक्तपुर ,बनेपा, नाला, धुलिखेल, पनौती, साँगा, देवपत्तन लगायत देशका विभिन्न भागमा देखाईन्छ ।

लाखे नाच विशेष गरेर धाः र भुस्याः बाजा बजाएर नचाईन्छ । खिं, पछिमा, नायिखिं, धिमे बजाएर पनि लाखें नाच नचाईन्छ । अहिले विशेषतः रकम अभाव, सांस्कृतिक चेतनाको कमीले लाखें नाच लोप हुने अवस्थामा रहेको बताइएको छ ।