विकृति र विसंगती हटाऔं, तीजलाई तडक भडक मुक्त पर्वको रुपमा विकास गरौं : सांसद कृष्ण गोपाल श्रेष्ठ

नेपाली हिन्दु नारीहरुको महानपर्व हरितालिका तिज नजिकिँदै गएको छ ।

तिज नजिकिँदै जाँदा चन्द्रागिरी नगरपालिका वडा नं १५ तिनथानाको आयोजनामा विष्णुदेवी मन्दिर परिसरमा संघीय सांसद कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा सांसद अमृता थापामगर र विना श्रेष्ठको विशेष आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा वडा अध्यक्ष उत्तमबहादुर राउत लगायतको उपस्थिती थियो । करिब सातसय जना महिला दिदीबहिनीहरुको सहभागिता उक्त तिज कार्यक्रममा थियो ।

विकृति र विसंगती हटाऔं सांस्कृतिक मूल्य मान्यता जोगाऔं भन्दै दर खाएर तिज पर्व मनाइएको छ । कार्यक्रममा शुभकामना आदानप्रदान गरिनुका साथै चेतनामुलुक लघुनाटक मञ्चन गरिएको थियो ।

कार्यक्रममा संघीय सांसद कृष्णगोपाल श्रेष्ठले महिलाहरुको सांस्कृतिक पर्व तीजलाई तडक भडक मुक्त पर्वको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा स्वास्थ्य उपचारारत रहनुभएकोले शिघ्र स्वास्थ्य लाभको कामना समेत उपस्थित सबैको तर्फबाट कामना गर्नुभयो ।

कार्यक्रममा वडा अध्यक्ष उत्तमबहादुर राउतले चन्द्रागिरी नगरपालिका १५ ले सांस्कृतिक रुपमै महिला मुक्ति दिवसको रुपमा मनाइदै आएको यस तीज पर्व कार्यक्रममा सम्पुर्ण महिला दिदी बहिनीहरुलाई स्वालम्बनको शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा चन्द्रागिरी नगरपालिका वडा नं.१५का दिदीबहिनीहरुले नाचगान गरेर एकआपसमा खुशी साटासाट गर्नुभयो ।

कार्यक्रममा एभरेष्ट बैंकले सहभागी दिदीबहिनीहरुलाई धागो, चुरापोते, टिका वितरण गरेको छ भने तिज कार्यक्रमकै लागि दश हजार सहयोग गरेको छ ।

 

न्यूज अभियान डट कम बाट साभार